सिरहा, १५ भदौ। जिल्लन प्रशासन कार्यालय सिरहाले रसुवाको भोटेकोसी विनासकारी बाढीपीडितको लागि सहयोग संकलन नगर्न÷नगराउन अनुरोध गरेको छ। भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरुको लागि यस जिल्लाका विभिन्न संघ÷संस्था तथा व्यक्तिहरुले राहत सामाग्री संकलन भईरहेको भन्ने जानकारी प्राप्त भएकाले तत्काललाई कुनै राहत संकलन नगर्न जिल्ला प्रशासनले सूचना जारी गरेको हो। 

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा बाढी पीडितका लागि आवश्यक पर्ने राहत सामाग्री उपलब्ध गराउन इच्छुक व्यक्ति वा संघ संस्थाले आफूले उपलब्ध गराउन सक्ने राहत सामाग्रीको विवरण नजिकको इलाका प्रशासन कार्यालय वा जिल्ला प्रशासन कार्यालय सिरहामा जानकारी गराउन अनुरोध छ। 

4beab76e-49b4-44b2-9365-eb5f6584ba1f