आशिष विश्वकर्मा
सिरहा, १३ फागुन। नेपाली किसान सधैभरी कुनै न कुनै समस्या झेल्न बाध्ये छन्। कहिले मल, कहिले विउ, कहिले सिंचाईको समस्या भोग्दै आएका किसान अहिले उत्पादनले मूल्य नपाएर मर्कामा परेका छन्।
पछिल्ला दिनमा तरकारीको मूलयमा लगातारको गिरावटले सिरहा किसान लगानी नउठने चिन्तामा छन्। काउली, गोलभेडा, भाण्टा, सिमी जस्ता तरकारीले मूल्य नपाएपछि किसानहरु चिन्तित भएका हुन्।
अहिले सिरहाका बजारहरुमा किसानले ३ देखि ५ रुपैयाँ किलो गोलभेडा, ६–७ रुपैयाँ किलोको काउली, ३ देखि ५ रुपैयाँ किलो भाण्टा बेच्न बाध्य छन्। यो मूल्यले लगानी हैन उत्पादिन तरकारी टिपेको ज्याला र बजारसम्म पुर्याउने भाडासम्म उठ्दैन।
गोलबजार नगारपालिका ३ का किसान निरज सिंहले ७ विगहा क्षेत्रफलमा गोलभेडा लगाएका छन्। उनी अहिले गोलभेडा बजार लाने की नलाने दुविधामा छन्। उनले भने, ‘मैले ७ विगहा क्षेत्रफलमा गोलभेडा लगाएको छु। पाकेको गोलभेडा टिपेर बजार लाने कि नलाने दुविधामा छु। लगु टिप्ने र बजारलाने भाडा उठदैन, नलगु त्यसै कुहिएर जाने अवस्था छ।’
विउ, मल, सिंचाई, जोताई, गोडमेलको लागत समेत निस्कन मुस्किल हुने निरजले बताए। उनले भने, ‘विउ देखि मलसम्म सवै महगो छ। हाम्रो उत्पादको मूल्य नै छैन। त्यसैले हाम्रो लगानी डुब्ने निश्चित छ।’
धनगढीमाई नगरपालिका ७ का किसान नसिवलाल यादवले बिहानै गोलबजार ल्याई पुर्याएको काउली अपरान्ह २ बजेसम्म विकेको थिएन। छ वटा बोरामा करिव चार क्विन्टल कोवी ल्याएको उनले प्रतिकेजी ६ रुपैयाँका दरले बेच्न तयाहुँदा पनि विक्रि भईरहेको थिएन। सँगै आएका अर्का किसान जागेश्वर यादव पनि उस्तै अवस्थामा थिए।
गोलबजार २, गुरुधामकी सुनिता कुमारी सिंहले १० कठ्ठा जग्गामा काउली खेती गरेकी छिन्। कडा मेहनत गरेर उत्पादित तरकारी बजार पु¥याउँदा लगानी पनि उठाउन सकिरहेकी छैनन्। उनका अनुसार काउली बेचेर आउने पैसाले यातायात खर्चसमेत उठ्दैन।
त्यस्तै, गोलबजार २ गुरुधामकै अर्का किसान उदब थपलियाले ४ बिघामा काउली, करेला, भान्टा र खुर्सानी खेती गरेका छन्। अहिले भान्टाको मूल्य प्रतिकिलो ३–४ रुपैयाँ छ। यो मूल्यले आफ्नो श्रम र लागत उठ्ने गुनासो छ।
भारतीय बजारबाट अनियन्त्रीत रुपमा तरकारी भित्रीदाँ नेपाली उत्पादनले मूल्य नपाएको किसानहरुको गुनासो छ। उनीहरु भन्छन्, ‘यहाँ हाम्रो भन्दा भारतीय बजारबाट धेरै तरकारीहरु निर्वाध रुपमा आउँछ। त्यसैले हाम्रो तरकारीले मूल्य पाईरहेको छैन।’
किसानहरू उत्पादन बढाउन रातदिन खटिए पनि उचित मूल्य नपाउँदा निराश छन्। उनीहरू सरकारसँग कृषि उपजको उचित मूल्य निर्धारण, बजार व्यवस्थापन, विउ, मलमा तथा यातायात सहुलियत चाहन्छन्।