सिरहा, १५ फागुन। सिरहामा आईतबार राती परेको पानीले काँचो इँटा गल्दा करोडौको क्षति भएको छ। हिउँदे वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा रहेका ३५ भन्दा बढी इँटा उद्योगमा पकाउन तयारी अवस्थामा राखिएका काँचो इँटा गल्दा ७ करोड भन्दा बढी मूल्यकोे इँटा गलेको हो।
नेपाल इँटा भट्टा महासंघका सिरहा जिल्ला अध्यक्ष कृष्णा सिंहको गोलबजार नपा ६ स्थित गणपति इँटा करिव ७ लाखभन्दा बढी इँला पानीले गलेको बताए। उनले भने, ‘मेरो उद्योगमा मात्र ७ लाख भन्दा बढी इँटा पानीले काम नलाग्ने भएको छ। यस्तो यद्योग जिल्लामा ३५ भन्दा बढी छ। सवैको हिसाव गर्ने हो भने करिव १० करोड मूल्यको इँटा गलेको हुनुपर्छ।’
अध्यक्ष सिंहले जिल्लामा रहेका सवैजसो उद्योगमा क्षति पुगेको बताए। उनले भने, ‘धेरे थोरकोमात्र कुरा हो, क्षति सवैको भएको छ।’
अध्यक्ष सिंहले हामीले व्यसायीहरुको नोक्सानको भर्पाई गर्ने विभिन्न उपायहरुबारे विमर्श भएपनि अभै कुनै विकल्प देखा नपरेको बताए। उनले भने, ‘हामीले इन्स्योरेन्स कम्पनीहरुसँग पनि कुरा गरेका थियौं, कोही तयार भईरहेको छैनन्, सरकारले पनि इँटा उद्योगीहरुको समस्या सम्वोधन गर्न सकिरहेको छैन।’
गोलबजर नगरपालिका ६ मै रहेको श्री सागर इँटा उद्योगको पनि ५ लाख भन्दा बढी इँटा कामै नलाग्नेगरी गलेको छ। उद्योगमा म्यानेजर बीरेन्द्र साहले अहिलेसम्म ५ लाख इँका काम नलाग्ने अवस्थामा पुगेको अनुमान रहेको बताए। उनलेभने, ‘पानीले भिजेर अहिलेसम्म पाँच लाख इँटा काम नलाग्ने भएको हुन सक्ने अनुमान गरिएको छ। यो संख्या अझै बढी हुन सक्छ।’
गोलबार नपा ८ स्थित सगुन इँटा उद्योगमा पनि बर्षाले ठूलो क्षति भएको छ। उद्योगका सञ्चालक तथा इँटा उद्योग महासंघ सिरहाका बरिष्ठ उपाध्यक्ष रामसगुन यादवले तीन लाखभन्दा बढी इँटा काम नलाग्नेगरी गलेको बताए।
वर्षेनी पानीका कारण व्यवसायीले ठूलो नोसक्सानी खेप्नु पर्दा पनि सरकालेभने उद्योग सरक्षण तथा सम्वर्धनमा सहयोग नगरेको आरोप छ।
व्यसायीका अनुसार एउटा काँचो इँटा तयार पार्न ४ रुपैयाँ खर्च हुने गरेको महासंघका जिल्ला अध्यक्ष सिंहले जानकारी दिए। उनले भने, ‘माटो, पानी, लेवरसमेत गर्दा एउटा काचो इँटा तयार पार्न कमतिमा ४ रुपैयाँ खर्च हुने गरेको छ। पानीले भिजाएर कामै नलाग्ने बनेपछि व्यवसायीहरु ठूलो मर्कामा परेका छौं।’
व्यवसायीहरुले राज्य कर असुल्ने ध्याउन्नमामात्र रहेको भन्दै व्यसाय संरक्षण गर्न सघाउनु पर्ने माँग गरे। ‘हामीले लगानी गरेको ठूलो धनरासी खेर गईरहेको छ, जसका कारण कतिपय व्यवसायीको व्यवसायनै चौपट हुने अवस्थामा पुगेको छ; भन्दै व्यसायीहरुले भने, ‘इँटा व्यवसयीको सुरक्षामा राज्यको पनि ध्यान जान जरुरी छ।’