सिरहा, २१ जेठ। इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुनिल कार्कीले जातिय छुवाछुतजस्ता सामाजिक अपराधले समाजमा दुरगामी असर पारिरहेको बताए। ‘राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दविस–२०८१’ को अवसरमा गोलबजार नगरपालिका वडा नम्वर ३ द्वारा आयोजित अन्तरकृया कार्यक्रममा इन्सपेक्टर कार्कीले सामजिक अपराधका घटनाले समग्र विकास प्रकृया नै अवरुद्ध गर्ने बताएको हो।
उनले अझै पनि समाजमा जातिय छुवाछुत, महिला हिंसा, बाल विवाहजस्ता सामाजिक अपराधका घटनाहरु हुनेगरेपनि सवै प्रहरी सम्म नपुग्ने बताए। ‘जातिय विभेद सामाजिक अपराध हो। तपाईं हाम्रो समाजमा यस्ता खालका घटना भए तुरुन्त प्रहरीमा लिखित वा अन्य माध्यमबाट पनि सूचना पुर्याउन सकिन्छ। समुदायले समयमा सुचना दिन काम गरे सामाजिक अपारधका घटना उन्मूलन हुन्छ।’
उनले जातिय विभेद गर्ने व्यक्तिलाई तत्काल कानुन बमोजिक कार्वाही प्रकृया अगाडी बढाउन आफ्नो तर्फबाट सकेको सवै गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमका सभाअध्यक्षसमेत रहेका वडा अध्यक्ष धनप्रसाद लामाले आफ्नो वडामा हुने सवैखालका जातिय विभेदका घटनाहरुको उजुरी र मुद्दामा लाग्ने खर्च वडाले वेहोर्ने प्रतिबद्धता जनाए। जातिकै आधारमा कुनै पनि व्यक्ति वा समुदायमाथि विभेदगर्नु सामाजिक अपराध भएको भएको बताउँदै अध्यक्ष लामाले भने, ‘कुनै पनि व्यक्ति वा समूदायलाई जातिको आधारमा विभिद गर्नु कानुनी रुपमा अपराध हो। विभेद गर्ने व्यक्ति वा समूहमाथि कार्वाही हुनुपर्छ।’
कार्यक्रममा दलित मुक्ति संगठनका प्रदेश सदस्य बैजनाथ विश्वकर्मा, नेकपा (माओवादी केन्द्र)का वडा अध्यक्ष रञ्जित लामा, पूर्व शिक्षक शिवराम ठाकुर लगायतले मन्तव्य व्यक्त गरेका थिए।
उनीहरुले समाजमा अझै पनि विभद भईहेको र दलित समूदायको जीवनस्तर उकास्न स्थानीय तहले पहल कदमी लिनु पर्ने बताए। उनीहरुले विपन्न दलितसमूदायको आर्थिक, सामाजिक, शैक्षिक विकासको लागि पालिकाले ठोस आर्थिक विनियोजन सहितको कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए।
कार्यक्रमका सहभागीहरु कविता सदाय, सीतादेवी सदायले छुवाछुतजस्ता घटना समाजमा अझै व्याप्त रहेको बताए। उनले अझै पनि सार्वजनिक कल धारा, इनार र कृषि मजदुरीमा जाँदा कथित उपल्ला जातिहरुबाट विभिद खेप्नु पर्ने बाध्यता रहेको बताए।
दलित महिला केन्द्र, नेपाल (सीडीडब्लूएन) र इलाका प्रहरी कार्यालय गोलबजारको समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा सीडीडब्लूएनका स्थानीय प्रतिनिधी आनन्द पाख्रिनले जातिय विभिद विरुद्ध नेपालका कानुन, उजुरी प्रकृया, उजुरी गर्न सकिने ठाउँहरु र कानुनी उपचारका बारेमा प्रकाश पारेका थिए।