फल्न लागेको खर्बुजाको लहरा सुक्न थालेपछि कृषक चिन्तित

    • चैत्र १३, २०८०
    • ३०९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    रामनारायण ठाकुर

    मिर्चैया, १३ चैत। सिरहा र धनुषाको सीमाना भएर बगने कमला नदी बगरमा लगाएको खर्बुजा र खिरीका विरुवाहरु सुक्न थालेपछि किसानहरु चिन्तिच भएका छन्। कल्याणपुर नगरपालिका ६ भोकराहा रामघाट बगरमा लगाएको खर्बुजा र खिरीका लहराहरु फल लाग्ने बेलामा सुक्ने क्रम बढेपछि किसान चिन्तामा परेका हुन्।

    ययाँका किसान ५५ वर्षिय सरिता सहनीले करिव ५ कठ्ठा जमिनमा खर्बुजा लगाएका छन्। आफ्नो मेहनत बाहेक विउ, मल खाद र विषादी खरिदमा १५ हजार बढी लगानी गरीसेका छन्। नउले भने, ‘आफ्नै घरको लगानीबाट महगोमा विउ, मल–खाद मल, दिन रात, घाम पानी नभनी खेति गरियो। अहिले फल लाग्ने बेलामा लहराहरु सुक्न थालेको छ। हाम्रो सारा लागनी त्यसै खेर जाने भयो।’

    ‘विउ विजन, मल खाद, विषादी केहीमा कसैले केही सहयोग गरिरहेको छैन। किसानले आफ्ना लगानी लगाएको हुन्छ। कहिले वषाले, कहिले सुख्खा लागेर, कहिले विउका कारण उत्पान राम्रो हुँदैन। यस्तो बेला सरकाले किसानलाई सहयोग गर्नु पर्ने हो। तर, कतैबाट कुनै सहयोग हुँदन।’

    त्यहिका किसान ५२ वर्षिय मोहम्मद जाहीर अन्सारीले धेरै महनत र लगानी भएपनि वगर खेतिको भर नहुने बताए। उनले महगो विउ, मल र मेहनत गर्यो तर फल्ने बेलामा रोग, किरा लाग्ने त कहिले भाउ नपाएर किसान मर्कामा पर्ने बताए।

    आफूले थाहापाउने उमेदेखि नै ६५ वर्षिय धनिकलाल सहनी बगर खेति गरिरहेका छन्। धेरै लगानी गरेर खरबुजा, खिरी, लौका, फर्सी लगायो कहिले पानी नभएर, किहले भेलले त कहिले रोगव्यादिले दुःखदिने गरेको बताए। उनले मुस्किलले लगानी उठ्ने र नुनतेल चल्ने बताए। उनले कुनै उपाय नलागेपछि छोराछोरीको मुखमा माड पार्न पनि यो खेतिमा लाग्नु पर्ने बाध्यता रहेको बताए।

    उनले यसबर्ष पनि फल्न थालेका लहराहरु सुकिरहेको बताए। उनले भने पानी हालि रहेका छौं, तर पनि पातहरु सुकिरहेको बताए। यसुनैना देवि साहले पनि धेरै महनत गरेर खर्बुजा खेति गरिरहेका छौं सहुलितयतमा विउ, मल, विषादी पाए केही राहत हुने बताए।

    कल्याणपुर नगरपालिकाका कृषि प्राविधिक प्रमोद कुमार यादवले यस वर्ष कृषि शाखाले गहुँको विउ बाहेक कुनै कार्यक्रम नगरेको बताए। उनले भने, ‘विगतका वर्षहरुमा अन्य तराकारी, फल फूलको विउ वितरण गरेको भएपनि यस वर्ष गहुँको विउ बाहेक केही वितरण नगरिएको छैन।’

    किसानको खेतमा खर्बुजाका लहरा सुकेको विषयमा आफूलाई आधीकारीक रुपमा यस वर्ष कुनै जानकारी नआएको बताए। उनले भने, ‘विगतका वर्षहरुमा यस्ता समस्या लिएर किसानहरु आएपनि यो वर्ष विरुवा सुकेको समस्या लिएर आउनु भएको छैन। हामी पनि गएका छैनौं। जनकारी आउँदा हामी खेतमै पुगेर आवश्यक उपचार विधि र औषधी सिफारिस गर्ने गरेका छौं।’

    उनले मौसम परीवर्तन, खाद मलको उचित तालमेल नहुँदा र सिञ्चाईको कमीले पनि विरुवाहरु सुक्ने बताए। अहिले सुक्नुको कारण खेतमै गएर नहेरेसम्म भन्न कठिनाई हुने प्राविधिक यादवले बताए।

     

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल