आज पर्वको मुख्य दिन, अस्थाउँदै गरेको सूर्यलाई अर्घ दिदै मनाइयो

    • मंसिर ३, २०८०
    • १३३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ३ मंसिर। आज ‘षष्ठी’ छठ पर्वको मुख्य दिन, अस्थाउँदो सूर्यलाई अर्घ दिदै उल्लासपूर्वक मनाइरहेको छ। छठ पर्वको आज मूख्यदिन तराई मधेसका जलासयहरुमा अस्थाउँदै गरेको सूर्यको पूजा आरधना गरी मनाउन थालिएको हो। आज छठ पर्वको विशेष रौनक छ।

    व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन्। नजिकैका पोखरी, तलाउ, नदीलगायतका जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा आरधना सम्पन्न भएको छ। चढाउनका लागि तयार पारीएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा चोपल्दै अस्थाउँदो सूर्यलाई चढाएको छ।

    भोलीको प्रातःकालीन अर्घका लागि व्रतालुहरू आज रातभर जलाशय क्षेत्रमा भजन कीर्तन र नाचगान गरेर बस्ने गर्दछ। छठका घाटहरु पनि बेहुली झैँ सिङ्गारिएका छन्।

    छठ पर्वमा पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। छठ पूजा गर्दा भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने जनविश्वास छ।

    विशेषगरी तराई मधेशमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ। सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ।

    कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व अस्ताउँदै र उदाउँदै गरेको सूर्यको आराधना गरी मनाइन्छ। अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पुजा गरी मनाइने गरिन्छ।

    श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि बाँकसले बनेको ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला, चामलको मिठोबाट बनेको भूसवा, ठकुवा जस्ता सामाग्री चढाउने चलन रहेको छ।

    मापन हुन्छ। प्रत्येक छठघाटमा छठ पर्वका गीत गुन्जिएका छन्। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने, आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।

    photo1 photo 4

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल