मधेश प्रदेशका ईटा व्यवसायीले बुझाए संघीय अर्थमन्त्री महतललाई ज्ञापनपत्र

    • आश्विन १३, २०८०
    • ९४७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर, १३ असोज। मधेश प्रदेशका ईटा व्यवसायीहरुले संघीय अर्थमन्त्री डाक्टर प्रकाशशरण महतललाई विभिन्न १० बुँदेमाँगसहितको ज्ञापनपत्र बुझाएका छन्।

    कोरोना संक्रमण र वर्तमान आर्थिक मन्दिले थलापर्नथालेको ईटा व्यवसायलाई पुनः लयमा फर्काउन सरकारले पहल गर्नुपर्ने विभिन्न १० बुदे माँगसहित आज जनकपुरमा आयोजित एक कार्यक्रममा नेपाल ईटा उद्योग महासंघ मधेश प्रदेशका अध्यक्ष विक्रम साह नेतृत्वको टोेलिले ज्ञापनपत्र बुझाएको हो।

    महासंघले बुझाएको ज्ञापनपनत्रमा कोरोना महामारीपछि ओरालो लागेको ईटा व्यसाय अझै लयमा फर्कन नसकेको ज्ञापनपत्रमा उल्लेख गरेको छ।

    ‘ईटा उद्योग संचालनको मध्येय समयमा कोरोना संक्रमनको पहिलो लहर २०७६ रद दोस्रो लहरले अपेक्षाकृत रुपमा कामदार अभावमा करिव ४० प्रतिशत ईटा उद्योगहरु मात्र संचालन भएका थिए। कोरोनासँगै आर्थिकमन्दिले हालसम्म पनि नेपालका रहेको ईटा उद्योगिहरु मध्ये ४० प्रतिशत संचालनमा आएको छ। संचालनमा रहेका उद्योगिहरुले पनि ३० देखि ३५ प्रतिशत उत्पादन गरेको अवस्था छ।’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

    ‘व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाहरुले यथेष्ठ पुंजी परिचालन गर्नु पर्ने र व्यसाय नै संकटमा रहेकाले अषाढ मसान्त भित्र तिर्नु पर्ने सावा र ब्याज तिर्नलाई उद्योगी ब्यवसायीलाई धेरैनै संकट सृजना भएकाले असोज मसान्त भित्र कर्जाको सावा ब्याज तिर्न सक्ने अवस्था नरहेकोले २०८० साल चैत्र मसान्त सम्मको म्याद कायम गरी सुविधा दिनु पर्ने, सरकारी स्तरबाट हुने विकाश निर्माणका कार्यहरुमा कमि आएको सरकारी तथा स्थानीय निकायहरुबाट हुने विकाश निर्माण कार्यका भुक्तानि समयमा नपाउँदा अपेक्षाकृत रुपमा ईटाको माँग हुन नसकि ईटाको बिक्रि वितरण ठप्प हुन गएकोले समयमा भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने, कोइलाको मुल्य अप्रत्यासित रुपमा वृद्धिभएकाले मूल्य नियन्त्रणमा सहजीकरण गनुपर्ने, ईटाको माँग नै नभएकोले उद्योगीहरु निरुत्साहित हुन गई ईटा उद्योगीहरु पलायन हुने अवस्था देखिएकोले अगामी दिनमा निर्माण कार्यको लागि आवश्यक पर्ने ईटा आपूर्ति गर्न कठिनाई सृजना हुन सक्ने र लगानी जोखिममा परि ठूल्लो वित्तिय संकटको अवस्था समेत सृजना हुन सक्ने तर्फ दृष्टिगत गरी ईटा उद्योगीहरुलाई सहुलियत ब्याज दरमा पुर्नकर्जा उपलब्ध गराउनु पर्नेलगायतमा माँग गरेका छन्।

    त्यसैगरी, बैंक तथा वित्तिय संस्थाहरुले ब्याज दर उच्च रहेकाले उद्योगी ब्यवसायीहरुले कर्जा लिई उद्योग संचालन गर्न सक्ने अवस्था नै नरहेको हुदाँ यथाशक्य चाडो ब्याज दर घटाउन पहल गर्नु पर्ने, बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रवाह नविकरण तथा सेवा प्रवाहामा लिदै आएको शुल्कहरु घटाउने ब्यवस्था हुनु पर्ने, बैंक तथा ऋनी पक्ष बिच भएको करारनामा दुवै पक्षबाट अक्षरस पालना हुनु पर्ने लगाएतका माँग राखेका छन्।

    देशभरमा एकहजार दुईसय भन्दा बढी ईटा उद्योगहरु संचालनमा रहेको छ। त्येस मध्य आधा उद्योग मधेश प्रदेशमा नै रहेको छ।

    संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्याहरु विस्तारै समाधान हुँदैगएकाले नेपालको अर्थव्यवस्था चाँडै लयमा फर्किने बताएको छ। जनकपुरधाममा शनिबार जनकपुरधाम उद्योग बाणिज्य संघको ५६ औं वार्षिक सधारणसभा आएकाबेला ज्ञापत्र बुझ्दै अर्थमन्त्री डाक्टर महतले धेरै समस्याहरु अर्थतन्त्रमा देखिएपनि विस्तारै समाधान हुँदैगएको बताए।

     

    जसपा, नेपालले पार्टी ...

      काठमाडौं, २५ बैशाख। जनता समाजवादी पार् ...

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल