जनप्रतिनिधी र कर्मचारीकै मिलेमत्तोमा असारे विकासले मौलाउदै भ्रष्ट्राचार

    • असार १६, २०८०
    • ५२९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    नरहा गाउँ पालिका वार्ड नम्वर ५ मा सडक आरसीसी ढलानको लागि बाटो सम्याउँदै।

     

    सिरहा, १६ असार। पछिल्लो समय सिरहाका सबैजसो स्थानियतहहरुमा असारे विकासले तिव्रता पाएकोछ। वर्षको एघार महिना सुस्ताएर बसेका जनप्रतिनिधि, ठेकेदार कम्पनी, कर्मचारी र उपभोक्ता समितिलाई असारको मध्येयमा आएर भ्याई नभ्याई हो।

    shreejana school

    वर्षिभरी सुस्ताएर बसेका सिरहाको नरहा गाउँ पालिकाका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिलाई जोडतोडले असार मसान्त लागेको लागेको छ।

    नरहा गाउँपालिका वार्ड नम्वर ५ पानवारी बलुवा टोलमा तीन वटा फरक फरक बाटो निर्माणगर्ने उपभोक्ता समिति बाटो आरसीसी ढलानको काम सुरुगर्ने तरखर गरेका छन्। वडाको आरसीसी ढलानदेखि नरहाको सीमानासम्मको उपभोक्ता समिति र स्थानीय बटो ढलानको लागि साधसीमाना मिलाउन व्यस्त छन्।

    निर्माण समितिका अध्यक्ष काशिन्द्र प्रसाद यादवले कार्यादेश नै ढिलो गरी प्राप्त भएकोले काम अगाढी बढाउन ढिलो भएको जनाए। उनले भने, ‘पहिला विवादका कारण उपभोक्ता समिति गठन हुन सकेन, पछि समिति गठन भएपनि कार्यादेश असारको २ गते पछि बनेकाले काम समयमा सुरुगर्न नसकिएको हो।’

    यो वडामामात्र नरहा गाउँ पालिका अध्यक्ष राम प्रमोद यादबको निर्देशित कोषबाट चालु आर्थिक वर्ष २०७९/८० बाट २० लाख रकम विनियोजन गरिएको छ।

    त्यसैगरी, सोही वडामा डिहिवार थानदेखि साविक वार्ड नम्वर १ सम्मको सडक आरसीसी ढलानको कामले पनि गति लिन सकेको छैन। पालिका अध्यक्षको निर्देशित कोषबाट चालु आर्थिक वर्ष २०७९/८० बाट ५५ लाख रकम विनियोजन गरिएको छ।

    स्थानीय रामकुमार यादवको अध्यक्षतामा गठित उपभोक्ता समितिले सडकमै रहेका केहीघरहरु समयमा हटाउन नसकेको कारण कामगर्न ढिलो भएको जनाएको छ। उपभोक्ता समितिका अध्यक्ष यादवले भने, ‘हामीले समयमै कामगर्ने प्रयास गरेपनि विवादकै कारण सुरुगर्न सकेनौं अव सवै विवादहरु साम्य भईसकेको छ। काम सुरु गरिहाल्छौं।’
    समयले साथ दिए साता दश दिनमा काम सक्ने उनले जनाए।

    सोही वडामा अर्को पनि १० लाख रुपैयाँ आरसीसी ढलानको लागि विनियोजन गरेको छ। त्यसको कामको अवस्था पनि उस्तै छ।

    एउटै वडामा गाउँ पालिका अध्यक्षले तीन वटा योजनामा ८० लाख बजेट आरसीसी ढलानको लागि विनियोजन गरेको छ। जसमध्येय कुनै योजनाको मध्येय असार मध्येय सम्ममा गति लिन सकेको छैन।

    सडक ढलानको लागी अपारदर्शी ढङ्गले उपभोक्ता समिति गठन गरेकाले समयमा काम सुरुगर्न नसकेको नाम नबनाउने सर्तमा एक स्थानीले बताए। उनले भने, ‘अपारदर्शी तरिकाले गाउँ पालिका अध्यक्षले उपभोक्ता समिति गठन गर्न खोजेपछि विवादका कारण गठन हुन सकेन्, असार मसान्तमा जनतालाई दवावमा परेर समिति गठनगरी काम गर्न खोजिएको छ।’

    वर्षातको समयमा गाउँपालिका अध्यक्षले रमक कुमल्याउन कै लागी आफ्ना नजिककाहरुलाई समितिमा राखेर असारको पहिलो साता कार्यादेश दिन लगाएको उनको आरोप छ।

    समितिले साँध सीमाना छुट््याउन असारको मध्येय समयमा जेसीभी पनि सँगै ल्याएका थिए। स्थानियको विरोधका कारण ल्याइएका जेसीभी पनि फर्किएर गयो। विवाद भएपछि यो सडकको ढलान कार्य अझै अन्यौलमा परेको छ।

    नरहा गाउँपालिकामा असार १५ गते सम्ममा करिव ३० प्रतिशत काम सम्पन्न भएको प्रावधिक शाखा प्रमुख इन्जिनियर राम कुमार यादबले बताए। उनले भने, ‘अहिले सम्म करिव ३० प्रतिशत काम सम्पन्न भएपनि छ, ३५ प्रतिशत कार्य अन्तिम चरणमा छ, २० प्रतिशतले असारमा कार्यादेश लिएको छ। सवै काम सक्ने हो भने असार मसान्तसम्मका ८५ प्रतिशत काम सक्ने लक्ष्य छ।’
    इन्जिनियर यादवका अनुसार १५ प्रतिशत कामको अहिलेसम्म सम्झौता र कार्यादेश नभएकाले त्यो बाहेक सवै काम सक्ने लक्ष्य अनुसार काम भईरहेको छ।

    यस पालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश कुमार जोसीले कार्याकारी अधिकृत नभएकाले पनि धेरै कामहरुले गति नलिनसकेको हो की भन्ने लागेको बताए। उनले भने, ‘जेष्ठको मध्येतिर यहाँकाअ प्रशासकिय अधिकृत सरुवा भएर जानुभयो। म आएका भर्खर एक महिना जति भएको छ। त्यसैले पनि कतिपय काममा समस्या भएको हुनसक्ने बताए।

    समयमा काम सुरु नभएकाहरुको समयसीमाभित्रमा जति काम सक्छ त्यतिकैमात्र भुक्तानी दिने बताए। उनले भने, ‘अव सयम घर्किनै लागेको छ। कामगर्न दिएको समयसीमामा जती काम सक्छ त्यतिकै भुक्तानी दिनेगरी काम गर्न सवै उपभोक्ता समितिलाई जानकारी गराउँदै छौं।’

    गोलबजार नगरपालिकमा पनि उस्तै

    GBR 9p

    गोलबजार नगरपालिका ९ आवासनगरमा निर्माणभईरहेको खानेपानी ट्याङ्की। अघिल्लो दिन बेलुका जग ढलानगरी राती नै इँटा जोडेर पीलर ढलान गर्ने तरखरमा।

    त्यसैगरी, गोलबजार नगरपालिकालाई पनि असारे विकासको चटाराले छोडेको छैन। गोलबजार नगरपालिका ९ डण्डा टोलमा असार करिव ४ गते बाट खाने पानि ट्याङकीको निर्माण कार्य सुरु गरिएको छ।

    वर्षातको मौसममा सुरु गरिएको निर्माण कार्य कसले, कुन योजनाबाट आएको हो भन्ने समेत स्थानीय उपभोक्तालाई जानकारी छैन। निर्माणकार्यमा सम्लग्न मजदुरहरुका अनुसार नगरपालिकाको योजना रहेको र आफूहरुलाई गोलबजार गरपालिका ७ कै ओमप्रकाश श्रेष्ठले कामगर्ने जिम्मा दिएको बताए।

    निर्माणस्थल नजिकै प्रदेश सभासदस्य मनोज सिंहको संसदिय विकास कोषको आरसीसी ढलान बाटोको निर्माणस्थलमा भेटिएका श्रेष्ठले दुवै निर्माणकार्य आफैले गराईरहेको स्वीकार गरे। उनले भने, ‘बाटो ढलान र पानी ट्याङ्की निर्माणको काम मैले नै गरिरहेको छु।’

    GBR 9

    गोलबजार नगरपालिका ९ आवासनगरमा निर्माणभईरहेको खानेपानी ट्याङ्कीको वाल जोड्न प्रयोग भएको इँटा।

    उनले स्थानीय उपभोक्ता समिति रहेको बताएपनि अध्यक्षको नाम सोधद्दा दुवै योजनाका अध्यक्षको नाम जानकारी नभएको बताए। श्रेष्ट मेयर श्याम श्रेष्ठका आफन्त हुन्।

    उनीहरुलाई एक सातामा २० फिट अग्लो र १२ फिट लम्वाई चौडाई र १२ फिट उचाईको पानि ट्याँङ्क बनाउने जिम्मा दिएको बताए। उनीहरुले भने, ‘हामीलाई यो योजना एक सातामा सक्नेगरी जिम्मे वारी दिएको छ। यो योजना सक्ने वित्तिकै गोलबजार नगरपालिकाकै १ नम्वर वडामा यस्तै ट्याङ्की बनाउने जिम्मा दिएको छ।’

    स्थानिय मुसहरु महतोका अनुसार कामगराईको प्रकृति हेर्दा काम गर्ने भन्दा पनि बजेट पचाउने ढङ्गले काम भईरहेको बताए। उनले भने, ‘सीमेन्टलाई पनि सेट हुने समय लाग्दो हो, दिउसो फण्डिजस ढलान गरेको छ, राति नै वाल जोडेको छ, विहान पिलर ठड्याएको छ। यसले कस्तो पूर्वाधार तयार होला?’

    निर्माणकार्य सुरुभएपनि नगरपालिाको कुनै प्राविधिक त्यहाँसम्म नपुगेको स्थानीयले बताए। यस वडाका वडा अध्यक्ष सुरेन्द्र सिंहले मेयर निर्देशित कोषबाट काम सञ्चालन भएपनि त्यसको लागत रकमबारे जानकारी नभएको बताए।

    यस सम्वन्धमा गोलबजार नगरपालिकाका इन्जिनियर नविन कौशलसँग बुझ्दा उनले योजनाको बारेमा तत्काल जानकारी लिने बताए।

    निर्माणस्थलमा योजनाको विवरण खुल्ने गरी सूचना पार्टी राख्नुपर्ने व्यवस्था भएपनि गोलबजार नगरपालिकाले गर्ने धेरैजसो योजनामा सूचना राखेको पाइँदैन।

    गोलबजार नगरपालिकामा हाल सम्म ५४ प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर नविन कौशलले जनाएको छ। उनले भने, ‘हामीले लिएको लक्ष्य असार मसान्त सम्ममा ८० प्रतिशत काम सम्पन्न गरिने बताए। उनले , ‘करिव २५ प्रतिशत काम रनिङमा छ, यो पनि असारको अन्तिम सम्ममा सकिने उनको दावी छ।’

    रोकिएन असारे विकास

    आर्थिक वर्षको अन्तमा हतारहतार बजेट सक्नेगरी हुने विकास निर्माणका कार्यको बेथिति चालू आर्थिक वर्षमा पनि देखिएको छ। एक प्राविधिकका अनुसार विकसित मुलुकले कुन काम कुन समयमा गर्ने भन्नेबारे निश्चित योजना बनाई त्यहीअनुसार कानून तर्जुमा गरेका हुन्छन्। तर, पछिल्लो समय जिल्लाको अधिकांस पालिकाहरुमा असारे विकास मौलाएको छ।

    स्थानिय जनप्रतिनिधि र कर्मचारीहरुकै कारण आर्थिक वर्षको अन्त्यमा विकास खर्च हुने प्रवृत्ति रोक्न सकेका छैनन्।

    स्थानीय उपभोक्तालाई दवावमा परेर अपारदर्शी ढङ्गले कामगर्न पल्केका जनप्रतिनिधी र कर्मचारीकै कारण असारको मध्येय समयमा काम गर्ने गरेको आरोप छ।

    असारमा योजना ल्याउने र आफन्त र नजिककाहरुबाट कामगराउने प्रवृतिले पनि असारे विकासमा व्यापक अनियमितता हुने पुष्टि पुष्टि हुन्छ।

     

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल