उखुमा ठगिएका सर्लाहीका किसान गोलभेँडामा पनि ठगिँदै काठमाडौंमै गोलभेँडा सस्तिएकाले महँगो मूल्य दिन नसकिने व्यवसायीको भनाइ

    • माघ १७, २०७९
    • ३९७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, १७ फागुन। गोलभेँडा बिक्रीबाट ज्याला पनि नउठ्दा सर्लाहीका किसान मर्कामा परेका छन्। यहाँका किसानले अहिले प्रतिकिलो ५/६ रुपैयाँमै गोलभेँडा बिक्री गरिरहेका छन्। 

    सर्लाहीका बजारमा यतिबेला गोलभेँडा प्रतिकिलो २० देखि ३० रुपैयाँसम्म बिक्री भइरहेको छ। तर, दश नंग्रा खियाएर उत्पादन गर्ने किसानले भने कौडीको मूल्यमा गोलभेँडा बिक्री गर्नुपर्ने बाध्यता रहेको हरिवन ४ सासापुरका किसान जगदेव महतोले गुनासो गरे। 

    ‘आजभोलि किसानले प्रतिक्रेट डेढदेखि दुई सय रुपैयाँमै गोलभेँडा बिक्री गर्नुपर्ने बाध्यता छ,’ महतोले भने, ‘२२/२५ किलो गोलभेँडा (एक क्रेट) डेढ सयमै बिक्री गर्दा ज्याला पनि उठ्दैन। उखु खेतीमा ठगिएका किसान यस वर्ष गोलभेँडाबाट पनि नराम्ररी ठगिने अवस्था आयो।’  

    बजारमा भारतीय गोलभेँडा भित्रिँदा नेपाली किसानको उत्पादनले बजार पाउन छाडेको किसानहरुको बुझाइ छ।

    ‘गत वर्ष यो सिजनमा एक क्रेट गोलभेँडा एक हजारसम्ममा बिक्री भएको थियो,’ सासापुरकै अर्का किसान रामजी भुलेलले भने, ‘तर यस वर्ष भाउ नै  पाइएन। गोलभेँडा बिक्रीबाट लगानी उठ्ने अवस्थै छैन।’ 

    सर्लाहीमा उत्पादित गोलभेँडाको मुख्य बजार काठमाडौं हो। काठमाडौंमै यतिबेला गोलभेँडा सस्तो भएकाले किसानलाई महँगो मूल्य दिन नसकिने व्यवसायी उमेश चौधरीको भनाइ छ। 

    चौधरीले दिनहुँ हरिवन - ४ सासापुरस्थित तीनघरेबाट तीन ट्रक गोलभेँडा काठमाडौं पठाइरहेका छन्। उनीजस्ता धेरै व्यवसायीले सर्लाहीमा उत्पादित गोलभेँडा काठमाडौं, पोखरा, वीरगन्ज, नारायणगढ, विराटनगरलगायत सहरमा पठाउने गरेका छन्।

    पहाडका किसानले पनि गोलभेँडाको व्यावसायिक खेती गर्न थालेकाले सर्लाहीको गोलभेँडाले यस वर्ष काठमाडौंको बजारमा मूल्य पाउन छाडेको किसान जगदेव महतोको बुझाइ छ। ‘पहाडतिर यस वर्ष हिमपात र तुषारो नपर्दा उत्पादन घटेन। उता उत्पादन नघट्दा यताको गोलभेँडाको माग बढ्न सकेन,’  उनले भने।

    गोलभेँडा खेतीमा मेहनत र लगानी धेरै छ। जोताइ, रोपाइ, गोडमेल, सिँचाइ, मलखाद महँगो छ। टिपेर बजार पुर्‍याउँदा पनि खर्च हुन्छ। किसानले अहिले गरिरहेको बिक्रीबाट लगानी उठ्ने अवस्था छैन।

    ‘प्रतिक्रेट गोलभेँडा पाँच सय रुपैयाँसम्ममा बिक्री हुँदा मात्रै लगानी उठ्छ। किसानलाई नाफा बस्न ६ सय रुपैयाँसम्ममा बिक्री हुनुपर्छ,’ किसान रामजी भुजेलले भने,  ‘गोलभेँडा टिपेर बजारसम्म पुर्‍याउँदा एक क्रेटकै एक सय रुपैयाँ ज्याला पर्छ। डेढ सयमा बेचेर कसरी बाँच्नु?’  

    सासापुरकै अर्का किसान रामकुमार भुजलेले अर्काको तीन बिघा जग्गा हुन्डामा लिएर टनेलमा गोलभेँडा लगाएका छन्। दिनरात नभनी परिवारका सबै सदस्य गोलभेँडाको स्याहारमा लगोका छन्। जग्गाको भाडा र गोलभेँडा लगाउँदाको ज्याला गरेर झण्डै २५ लाख रुपैयाँ खर्च भइसकेको छ। 

    गोलभेँडा राम्रो फले पनि यस वर्ष मूल्य नपाएको गुनासो उनले गरे। ‘ कौडीको मूल्यमा गोलभेँडा बेच्नुपर्दा यस वर्ष ऋण लाग्ने अवस्था आयो। यस वर्ष गोलभेँडा बिक्रीबाट लगानी उठ्ने अवस्था पनि छैन,’  उनले भने।

    नेपालखवरबाट।

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल