मंसिर ४ को निर्वाचनमा पर्साका ४ वटै क्षेत्रबाट पूरानैको दोहरिने प्रवल सम्भावना

    • श्रावण २५, २०७९
    • ३७८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २५ साउन। २०७४ सालको निर्वाचनमा पर्सा जिल्लाका ४ वटै क्षेत्र कब्जा गरेको मधेशवादी दललाई यसपटक आफ्नो शाख जोगाउन हम्मेहम्मे पर्ने संकेत देखिएको छ। चुनावी गठबन्धन र निर्वाचित जनप्रतिनीधिप्रतिको असन्तुष्टीका कारण यसअघिको नतिजाले फेरवदल हुने संकेत देखाएको हो।

    तत्कालिन संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) हालको जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४ वटा निर्वाचन क्षेत्र र ६ वटा प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचित भएका थिए। आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधीसभाको निर्वाचन घोषणा गरेसँगै आम नागरिकले उम्मेदवार को हुने र कसले जित्ने भन्ने अड्कलबाजी लगाउन थालेका छन्।

    2 copy 1

    एकातिर सामाजिक सञ्जाल फेसबुकमा एउटै पार्टीबाटसमेत धेरैले स्वघोषित उम्मेदवारी घोषणा गरीरहँदा वर्तमान जनप्रतिनिधी भने अरुलाई अवसर दिने कुनै छाँटकाँट देखाउँदैनन्। निर्वाचित भएकाहरुले नै पुनः उम्मेदवारी घोषणा गर्नेहरुका बिचमा यसअघि पराजित भएका र २०७९ सालमै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि पराजित भएका व्यक्तिहरुको होडबाजी हेर्न लायक हुनेछ।

    पर्साको निर्वाचन क्षेत्र नम्बर १ बाट यसअघि निर्वाचित भएका प्रदीप यादव जनता समाजवादी पार्टी (जसपा) का निर्विकल्प उम्मेदवार हुन् । निर्वाचित भएदेखि निरन्तर जनताकै माझमा रहेर कार्यकालको अन्तिमतिर भएपनि वन तथा वातावरण मन्त्री बन्न सफल यादवको अघि अरु कसैले उभिने पनि आँट गर्दैनन् भन्दा फरक नपर्ला। यदि गठबन्धन भएपनि क्षेत्र नम्बर १ जसपाले पाउने र यादव नै उम्मेदवार बन्ने लगभग पक्कापक्की छ।

    यादवसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेसबाट निवर्तमान सभापति अजय कुमार द्विवेदीसँगै यसअघि पनि निर्वाचन लडेका अनिल रुंगटा र नेकपा एमालेबाट बसरुद्धिन अन्सारी सम्भावित उम्मेदवार हुन्। बसरुद्धिनसँगै बिचारी यादव पनि विकल्पमा छन् । यादव र अन्सारीमध्ये १ जना प्रतिनिधी सभा र १ जना प्रदेश सभामा जाने मनसाय बनाएको बुझिएको छ। निर्मला देवकोटा दावेदारी भएपनि उनलाई समानुपातिकबाट ल्याउने गरी फकाउन सकिने नेकपा एमाले स्रोतले यात्रा डेलीलाई बताएको छ।

    पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा भने जसपाको बलियो उम्मेदवार देखिदैन। यसअघि तत्कालिन संघिय समाजवादी फोरमबाट निर्वाचित भएका बिमल प्रसाद श्रीवास्व लोसपामा गएसँगै क्षेत्र नम्बर २ जसपाले गुमाउने लगभग निश्चित जस्तै छ। पर्सा जिल्लाको अहिलेको राजनीतिक माहोल नियाल्दा पनि क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा टक्कर हुने देखिन्छ।

    यस क्षेत्रमा नेकपा एमालेबाट वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर बिजय कुमार सरावगी लड्ने निश्चित जस्तै छ। नेकपा एमाले पर्साका ईन्चार्ज एवम् निवर्तमान अध्यक्ष प्रभु हजराले चासो देखाएपनि सम्भवतः उनलाई समानुपातिकबाट लैजाने आश्वासन दिलाएर सरावगीलाई नै उम्मेदवार बनाउने आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ।

    नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री अजय चौरसिया र संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्यमध्ये १ जना उम्मेदवार बन्नेछन्। दुवै जना उत्तिकै सबल एवम् सक्षम र त्यत्तिकै जनप्रिय मानिने नेताहरुमध्येबाट टिकट पाउने र उम्मेदवार बन्ने १ जना भाग्यमानी नेता को हुने हो भन्ने प्रतिक्षाको प्रश्न बनेको छ।

    1 copy

    क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट प्रदेश सभा सदस्य रमेश कुर्मी र सुरेन्द्र कुर्मी सांसदका आकाङ्क्षी रहेका छन्।

    क्षेत्र नम्बर ३ मा जसपाबाट कार्डियोलोजीमा डिएमए गर्ने मधेश प्रदेशकै पहिलो महिला कन्सलटेन्ट डा. मधु रौनियार उम्मेदवार बन्ने आन्तरिक गृहकार्य भइरहेको जसपा स्रोतले जनाएको छ। पुर्खाैली घर पोखरिया रहेको र हाल वीरगञ्जमा चिकित्सा पेशामा आवद्ध रहेकी डा. रौनियार, नेकपा एमालेका राजकुमार गुप्ता र नेपाली कांग्रेसबाट पूर्व मन्त्री सुरेन्द्र चौधरीबिचको प्रतिस्पर्धा पनि चाखलाग्दो हुने आंकलन गर्न सकिन्छ। यद्यपी अजय चौरसिया क्षेत्र नम्बर ३ बाट पनि लड्न सक्ने अवस्था भएपनि २ बाटै बढी चासो देखाएका छन्। तर क्षेत्र नम्बर २ मा भने चौरसियाको जनलहर घट्दै गएको हुँदा अमात्य नै बलियो उम्मेदवार बन्ने कांग्रेस स्रोतको दावी छ।

    क्षेत्र नम्बर ४ मा यसअघि निर्वाचित लक्ष्मणलाल कर्ण पुनः लड्ने मनसायमा छन्। तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित कर्ण लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट पुनः लड्ने दाउमा छन्। कर्णसँगै पर्साकै जगरनाथपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जालिम मियाँले एमालेबाट उम्मेदवारी दिनेछन् भने नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य रमेश रिजाल पनि प्रतिस्पर्धामा छन्।

    jamdaha mabi

     

     

     

     

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल