सर्लाहीको वनमा गाडेको अवस्थामा शिशुको शव भेटियो

    • असार २१, २०७९
    • २४७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, २१ असार। सर्लाहीको वनक्षेत्रमा गाडेको अवस्थामा शिशुको शव भेटिएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका १३, श्रीनगरमा सोमबार अपरान्ह गाडेको अवस्थामा १४/१५ महिनाको जस्तो देखिने शिशु (छोरी) कोशिशुको शव फेला परेको हो।

    सागरनाथ गाउँबाट श्रीनगरतर्फ जाने सडकदेखि केही भित्र सागरनाथ वन परियोजनाको जंगलमा वस्तु चराउन गएका गोठालाहरुले साँझ घर फर्कने क्रममा टाउको देखिने गरी गाडेको अवस्थामा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका जनाएको छ।

    तत्काल इलाका प्रहरी कार्यालय केशरगन्जबाट प्रहरी निरीक्षक रोशन थापाको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्का गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ।

    घटनास्थल र मृतकको शव हेर्दा हत्या गरी गाडेको जस्तो देखिएपनि प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।

    sanchay kosh copy

    सिरका दक्षिणी भेगमा ...

    जीवछ यादव लहान, २२ वैशाख। लोकमार्गदेखि दक्षिणी भेगमा ह ...

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल