सिरहा २४ असोज । नाति पुस्ताका ३६ वर्षिय खगेन्द्र लकान्द्रि फलामको हतियार बनाउने पुर्ख्यौली पेसालाई व्यवसायीक रुप दिन सफल भएका छन् । पुर्खौली शिपलाई आधुनिकिकरण र औद्योगीकीकरण गर्दै उनले सिरहाको कर्जन्हा नपा २, बन्दिपुमा मन्दिरा भोजपुरे खुकुरी उद्योग चलाउँदै आइ्हेका छन् ।
बालिघरे प्रथा अनुसार चल्दै आएको पुर्ख्यौलि पेसालाई उनले उद्योगको रुपमा सञ्चालन गरेका छन् । एक डोको धान, मकैको भरमा कुनै समय बुवा हजुरवुवाले वर्षभरी विष्टको काम गर्ने चलनको अन्तय गर्दै उनी व्यसायीकतामा लागेका हुन् । व्यवसायीकतmाले उनको कमाई र मान सम्मान दुवै बढेको बताउँछन् ।
उनको उद्योगमा अहिले दैनिक १० जना कारिगरहरु कार्यरत छन् । उनीहरुले मासिक ४० देखि ६० हजार सम्म कमाउने गरेको छ । उनीहरुलाई खुकुरीको साइज र सज्जावट अनुसार एउटाको ६ सय देखि ३ हजार सम्म ज्याला दिनेगरेको उनले बताए ।mandira bhojpure (2) mandira bhojpure (11)
भोजपुर, धरान हुँदै व्यसायकै सिलशिलामा २०५३ मा खगेन्द्रको हजुवुवा प्रभुराम विश्वकर्मा यहाँ आईपुगेका हुन् । हजुरवुवा र बुवा टङ्क बहादुर विश्वकर्माले सुरु गरेको खुकुरी उद्योग अहिले खगेन्द्रले सम्हालेका छन् ।
पहिला–पहिला यहि पेसाका कारण सवैले हेप्छ भन्ने लागेर पुर्ख्यौली पेसा नगर्ने सोचमा थिए । उनले स्थानिय फुलकुमारी महतो राष्ट्रिय माध्यमिक विद्यालयमा बाणिज्य शास्त्रमा स्नात्तक गरेका खगेन्द्रले एकाउन्टेनटको काम गरे । त्यहाँ उनले न्यून पारिश्रमिकमा ५–६ वर्ष काम पनि गरे ।gupta 00
अहिले यो पेसामा सम्मान र कमाई दुवै भएको खगेन्द्र बताउँछन् । उनले गमक पोष्टसँग भने, हामीले पुर्ख्यौली पेशालाई व्यसायीकरण गर्दै गयौं, अहिले आम्दानी पनि सन्तोषजनक छ ।’ व्यसायीकिकरण गरेपछि यो व्यवसायलाई सम्मानको रुपमा हेरिन थालेको उनको बुझाई छ ।
लकान्द्रि विश्वकर्माहरुले गर्दै आएको पेसालाई व्यवसायीकिकरण गर्न राज्यले पनि पहल गर्नु पर्ने बताए । व्यसायीकिकरण नभएसम्म आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन नसकिने उनको बुझाई छ ।
खगेन्द्र स्थानीय समाजीक सेवा, राजनीतिमा सक्रिय रहेपनि मुख्य पेसा खुकुरी उद्योग नै बनेको छ । उनी हाल कर्जन्हा नगरपालिका २ नम्वर वडाका निर्वाचित वडा सदस्य समेत हुन् ।
विद्यालयमा काम अनुसारको कमाई नभएर खिन्न खगेन्द्र २०७१ म हजुरवुवा वित्नुभएपछि बुवालाई सघाउँदै खुकरी उद्योगमा सक्रिय भए । बुबालाई सघाउँदै आएका खगेन्द्र बुवा र आमा अमेरिका निवासी कम्प्यूटर इन्जिनियर दाई विष्णु लकान्द्रिकोमा २०७३ मा गएपछि भने उद्योग उनकै जिम्मामा आएको छ ।
‘खुकुरी वनाउन मात्रै समस्या हो; अहिले सम्म बजारको खासै अभाव भएको छैन,’ लकान्दिले गमक पोष्टसँग भने, ‘पहिला यहाँ बनाएको खुकुरी सेना, सशस्त्र प्रहरी क्यम्पमा एकै पटक चार–पा“च सय जान्थे अहिले खुद्रा बजारमै सकिने गरेको छ ।’
अत्याधुनिक हतियारको विकास भएपनि खुकुरी, गोरखाली खुकुरी अझै विश्वभरी प्रख्यात छ । लकान्दिले भने ‘ठूलठूला युद्ध, विश्वयुद्धमा नेपाली खुकुरीले ठूलो चमत्कार गरेको छ । विश्वमा अझै गोरखाली सेना र खुकुरीलाई वीरताको प्रतिकको रुपमा लिने गरेकोछ ।’
खगेन्द्रका बुवा टंक बहादुरले खुकुरी व्यवसायको आम्दानीबाटै जेठो छोरो विष्णु कम्प्यूटर इन्जिनियर, कान्छो छोरो खगेन्द्रलाई व्यवस्थापनमा स्नात्तक र छोरीलाई स्टाफनर्स पढाए ।
यहाँ बनाएको खुकुरी न्यूनतम १ हजार ५ सय देखि अधिकतम १५ हजार सम्ममा विक्रि हुने गरेको खगेन्द्रले बताए । उनले भने, ‘खुकुरीको साइज, त्यसको बनावट र मेहनतको आधारमा मूल्य निर्धारण हुने गर्छ, उनले आफनो उधोगमा १६ सय देखि १५ हजार मुल्य सम्मको खुकुरीहरु राखने गरेका छन् ।