शंकरमान सिंह
१३२ औँ अन्तर्राष्ट्रिय मे दिवस नेपालको निजी क्षेत्र, नेपाल उद्योग क्षेत्र र नेपालको औद्योगिक, व्यावसायिक, सेवा, कृषि र अनौपचारिक क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकमा बधाई तथा शुभकामना व्यक्त गर्ने अवसर हो ।
शान्त, सुन्दर र समृद्ध नेपाल हामी सबैको चाहना हो । हाम्रो परिकल्पनाअनुसारको सभ्य, शालीन र समुन्नत नेपाल बनाउने, श्रमको सम्मान गर्ने र रोजगारदाताको संवद्र्धन गर्दै लगानी प्रवद्र्धन गर्ने वातावरणको सिर्जना गर्नु अपरिहार्य रहेको छ । यस सन्दर्भमा हामी सबैलाई असल औद्योगिक श्रम सम्बन्ध कायम गर्न, कामको सम्मान गर्न, उत्पादन र उत्पादकत्व बढाउन, कार्य संस्कृतिको विकास र श्रमिकको सामाजिक सुरक्षा गर्ने सीप विकास गर्न एवं एकता र सहकार्यको माध्यमबाट दिगो आर्थिक विकासतर्फ अग्रसर हुन मे दिवसले प्रेरणा मिलोस् भन्ने पनि कामना गर्ने दिन हो यो । नेपालको संविधान र प्रचलित ऐन कानुनमा उल्लेखित कानुनी प्रावधानअनुरूप श्रमिक र रोजगारदाताबीचको सम्बन्धलाई सुमधुर तुल्याउन एवं सामाजिक सुरक्षण कोषमा सञ्चित रकम श्रमिकहरूको हित र दक्षता अभिवृद्धिमा समेत उपयोग गर्ने वातावरण सिर्जना गर्न सबै सक्रिय हुने अवसर पनि हो यो ।
सरकार, श्रमिक, उपभोक्ता र रोजगारदाताहरूमा मुलुकको आर्थिक विकासतर्फ अग्रसर हुन नयाँ चेतना प्रवाह हुने समेत अपेक्षा छ । यो वर्ष ९सन् २०२१० मा श्रमिक दिवसको नारा ‘सुरक्षा र स्वास्थ्यका लागि विश्व श्रमिक दिवसः अनुमान लगाउनुहोस्, तयारी गर्नुहोस् र सङ्कटहरूको जबाफ दिनुहोस् – लचिलो व्यावसायिक सुरक्षा र स्वास्थ्य प्रणालीहरूमा अब लगानी गर्नुहोस्’ छ ।
कोभिड– १९ को महामारीले सरकारहरू, रोजगारदाताहरू, कामदारहरू र आम जनतालाई कोरोना भाइरसले अभूतपूर्व चुनौतीहरूको सामना गर्न उक्साएको छ र यसले कामको संसारमा पारेको प्रभावहरू धेरै छन् । कार्यमा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस लचिलोपनका लागि राष्ट्रिय व्यावसायिक सुरक्षा र स्वास्थ्य ९ओएसएच० प्रणालीलाई सुदृढीकरण गर्ने रणनीतिमा केन्द्रित हुनेछ ।
१९ औँ शताब्दीको औद्योगीकरणमा युरोपका उद्योगपतिहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रमशोषण गरिरहेको कहालीलाग्दो परिस्थितिका बीच त्यहाँका मजदुरहरूले १ मे १८८६ मा त्यसका विरुद्ध समानता, उपयुक्त श्रमज्याला, उचित बिदा सुविधा र श्रम वातावरणका लागि एकीकृत हुने उद्घोष गरे र आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको एक दिवसीय समय विभाजनको माग गरे ।
ती माग आजको विश्वमा पनि कायम रहेका छन् ।
कोभिड १९ महामारीको जताततै गहिरो असर परेको छ । महामारीले कार्यस्थलमा भाइरसको प्रसारणको जोखिमदेखि व्यावसायिक सुरक्षा र स्वास्थ्य ९ओएसएच० जोखिम, कामको संसारको प्रायः सबै पक्षलाई छोएको छ । सँगै, भाइरसको फैलावटलाई कम गर्ने उपायहरू पनि खोजी भइरहेका छन् । दूरसञ्चारमा व्यापक निर्भरताको रूपमा कामका नयाँ तरिकाहरू, कामदारका लागि धेरै अवसर सिर्जना भएका छन् तर पनि सम्भावित ओएसएच जोखिम, विशेषगरी हिंसासहितको जोखिम कम गर्नु अनिवार्य र आवश्यक छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आईएलओ० ले यस अवसरमा जागरूकता बढाउन, लचिलो ओएसएच प्रणाली निर्माण गर्न र लगानी गर्ने महìवमा वार्तालापलाई प्रोत्साहित गर्न, कार्यस्थलमा कोरोनाको प्रसारलाई रोक्न देश र क्षेत्रीय उदाहरणहरूलाई प्रवद्र्धन गर्छ ।
आश्रय, कपडा र खाना मानवको केही आधारभूत आवश्यकताहरू हुन् । तर आज पैसा भनेको अर्को चीज हो जुन मानिसका लागि आधारभूत आवश्यकता भइरहेको छ किनभने ब्यक्तिले पैसाको सहायताले अरू सबै आधारभूत आवश्यकताहरू पूरा गर्न सक्छ । पैसा कमाउनका लागि, एउटा प्रयास गर्नुपर्छ जुन व्यापार गरेर वा अरू कुनै एउटा काम गरेर त्यो प्राप्त गर्न सक्छन् । सबै जना बहुराष्ट्रिय कम्पनीमा रोजगार पाउन शैक्षिक रूपमा पर्याप्त योग्य छैनन् । त्यस्ता व्यक्तिहरू कामदार वा मजदुरको रूपमा काम गर्छन् ।
कहिलेकाहीँ राम्रो शिक्षा भएका व्यक्तिहरूले पनि गरिबी र बेरोजगारीका कारण त्यस्ता कामहरू गर्नुपर्छ । श्रम र उनीहरूको कडा मिहिनेतको उत्सवका लागि, विश्व श्रमिक दिवस वा मे दिन वा अन्तर्राष्ट्रिय मजदुर दिवसलाई लिइन्छ । पर्याप्त शिक्षा नभएका वा राम्रो वित्तीय अवस्था नरहेका मानिसहरू अधिक मिहिनेत र कम ‘स्मार्ट’ कार्यहरूमा संलग्न हुन्छन् । तिनीहरूको चिन्ता यो संसारमा कुनै पनि सम्भव तरिकाले बाँच्नका लागि पैसा कमाउनु हो । यदि मानिसको एकमात्र विकल्प बाँकी छ भने तिनीहरूले कडा परिश्रम गर्न मन पराउँदैनन् । तर त्यस्ता कार्यहरूबाट उम्कने कुनै अन्य उपाय छैनन् । त आज पनि धेरै पटक हामी देख्छौँ – तिनै मजदुरहरूलाई कामको आधारमा भेदभाव गरिएको छ, जुन रोकिनुपर्छ ।
मजदुरहरूलाई आफूसँग उच्च शिक्षा छैन भन्ने लाग्छ त्यसैले उनीहरूले कुनै ठूलो चिज, व्यवसाय वा जागिर गर्न सक्दैनन्, जसले उनीहरूको जीवनलाई फरक तरिकाले डो¥याउँछन् । तर यो सोचाइ गलत छ । शिक्षा प्राप्त गर्न वा केही पनि सिक्न कहिल्यै ढिलो हुँदैन । व्यक्ति अन्तिम श्वाससम्म सिकाइ जारी राख्न सक्छ । कुनै पनि व्यक्तिले कुनै कारणले श्रम गर्छ, उसले आफ्नो जीवनलाई श्रमबाटै सफल रूपमा परिवर्तन गर्न सक्छ ।
व्यक्तिहरूले जीवनमा हरेक क्षणका लागि समान रूपमा मजदुरहरूसँग व्यवहार गर्नुपर्छ । हो, प्रत्येक व्यक्ति ठूलो व्यावसायिक व्यक्ति वा ठूलो तलबको कर्मचारी हुन सक्दैन । श्रमको आवश्यकता छ तर मानिसहरूमा ज्ञान हुनुपर्छ कि ती मजदुरहरू दास होइनन् । तिनीहरूसँग पनि आत्म–सम्मान छ जसमा अरूले चोट पु¥याउन हुँदैन ।
नेपाल सन्दर्भ
नेपालमा वि।सं २००३ मा मजदुरहरूले विराटनगरको जुट मिलबाट सुरु गरेको मजदुर आन्दोलनले अन्ततः १०४ वर्षे जहानियाँ राणाशासनलाई घुँडा टेकायो । २००७ सालको प्रजातन्त्र स्थापनापछि पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दा होस् या दश वर्षे सशस्त्र जनयुद्ध वा २०६२÷०६३ को जनआन्दोलन गर्दा होस्, नेपालका सबै राजनीतिक परिवर्तनहरूमा नेपाली श्रमिकहरूले गरेको योगदान कम महत्वपूर्ण र औचित्यपूर्ण छैन ।
इतिहासको सर्सर्ती समीक्षा गर्दा नेपालमा २०४६ सालपछि मात्र आफ्नो उचाइ लिएको ट्रेड युनियन आन्दोलनले २०७२ को संविधानको धारा ३४ मा श्रमको हकलाई मौलिक हकको रूपमा स्थापित गरेपछि कानुनी रूपमा श्रमिकका आवाजहरू थप व्यवस्थित भएको देखिन्छ । उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई संविधानले सुनिश्चित गरेको छ । प्रत्येक श्रमिकलाई श्रम अभ्यासको हक हुने, ट्रेड युनियन खोल्ने र त्यसमा सहभागी हुने तथा सामूहिक सौदावाजी गर्न पाउने व्यवस्थालाई संविधानले आत्मसात् गरेको छ । श्रमिकका हक, हित र सुविधालाई व्यवस्था गर्न, श्रमिक र रोजगारदाताको अधिकार र कर्तव्यको स्पष्ट व्यवस्था गरी असल श्रम सम्बन्धको विकास गर्न र श्रम शोषणका सबै अवशेषको अन्त्य गर्न श्रम ऐन, २०७४ जारी गरी लागूसमेत गरिएको छ ।
साथै, श्रमिकको व्यावसायिक तथा पेसागत हक हितलाई संरक्षण र संवद्र्धन गर्न ट्रेड युनियन ऐन, २०४९ लागू गरिएको छ । निजामती सेवा ऐन २०४९ ले पनि ट्रेड युनियनको अधिकारलाई कानुनी रूपमा थप संस्थागत गरेको छ । कर्मचारीहरूको पेसागत हक हित र सुरक्षाका लागि आधिकारिक ट्रेड युनियन खडा गरिएको छ । आइएलओ महासन्धिलाई नेपालले अनुमोदन गरेको छ । संस्थागत रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रबन्ध गरिएको छ ।
सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयन गरेको छ । यसमा सहभागी हुने श्रमिकले अब उप्रान्त औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत आर्थिक सहायता प्राप्त गर्नेछन् । यतिखेर देशको आर्थिक वृद्धिदर अपेक्षा गरेको भन्दा झन्डै पाँच प्रतिशतले घट्ने सरकारले अनुमान गरेको छ भने रोजगारी र जीविकामा परेको क्षति अभूतपूर्व हुने देखिन्छ । यसपालि अन्तर्राष्ट्रिय मजदुर दिवस वा मे दिवसको सँघारमा नेपालसहित विश्वभरिका मजदुरहरू चुनौतीपूर्ण अवस्थामा परेका छन् ।
सबभन्दा धेरै मारमा को ?
मजदुरहरूमध्ये पनि सङ्गठित वा अनौपचारिक क्षेत्रमा काम गर्ने दैनिक ज्यालादारी, निर्माण क्षेत्रका श्रमिक तथा साना व्यापारमा समाहित कामदारहरू सबैभन्दा धेरै मर्कामा पर्ने देखिएको छ । आइएलओको आँकडाअनुसार विश्वका डेढ अर्बभन्दा धेरै त्यस्ता मजदुरको रोजगारी जोखिममा परेको छ । कुनै वैकल्पिक आम्दानीको अभावमा यी मजदुर र तिनका परिवारको जीविका सङ्कटमा पर्नेछ । नेपालमा पनि लाखौँ मानिस सङ्गठित क्षेत्रमा काम गर्छन् । सकेसम्म त्यस्ता श्रमिकलाई सरकारी काममा लगाएर राहतस्वरूप पैसा र खाद्यान्न दिएर सहयोग गरिने निर्णय गरिएको भनिन्छ ।
विश्वमा त्यस्ता धेरै श्रमिक छन् जो साँझ खान र बस्नको निमित्त मात्रै आफ्नो भरदिन श्रममा खर्चिरहेका हुन्छन् । यही चुनौतीपूर्ण परिस्थिति आज नेपालले पनि व्यहोरिरहेको छ । महामारी नियन्त्रणमा अहोरात्र शारीरिक हैरानी र मानसिक तनावको पर्वाह नगरी महामारी विरुद्धको लड़ाइँको अग्रमोर्चा सम्हालिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको उचित सुरक्षा सुनिश्चित, श्रमको उचित सम्मानजनक मूल्याङ्कन र यस महामारीलाई परास्त गर्ने उच्च मनोबलसहितको प्रेरणा, जोस र साहस प्राप्त होस् । बौद्धिक श्रमिक वर्गलगायत सबै श्रमिक वर्गको न्यायिक व्यवस्थापनमा यो श्रमिक दिवसले जोड देओस् । भूमण्डलीकरण, उदारीकरण, निजीकरण, औद्योगीकरण र बजारीकरणको तीव्र प्रतिस्पर्धामा भएको विश्वमा आज मजदुरविना मालिक र मालिक विना मजदुरको अस्तित्व रहँदैन भन्ने कुरालाई मालिक र मजदुरले बुझिसकेका छन् ।
गोरखापत्र अनलाईनबाट