सुदर्शन पौडेल
सरकारले यो वर्ष खेतीका लागि पर्याप्त रासायनिक मल विदेशबाट ल्याउन सकेन । सर्वत्र विरोध भएपछि सरकार फेरि देशमा रासायनिक मल कारखाना बनाउने विषयमा छलफलमा जुटेको कृषि मन्त्रालयले बताएको छ । यस्तो मल कारखाना नेपालले सञ्चालन गर्न सक्छ सक्दैन भन्नेबारेमा विज्ञहरूका फरक–फरक मत पाइन्छ । यहाँ उठान गर्न खोजेको विषय भनेको रासायनिक मल कारखाना स्थापनाको अरू सरल विकल्प पो केही हुन्थ्यो कि भन्ने हो ।
हाम्रै देशमा पनि केही दशक अघिसम्म अप्रशोेधित दिसापिसाब कृषि मलका रूपमा प्रयोग हुन्थ्यो । पहिला ढल निकासको उचित व्यवस्था नभएको अवस्थामा सेफ्टिट्याङ्कीमा फोहोर भरिएपछि त्यसको विसर्जन खेती गर्ने जमिनमा गरिन्थ्यो । यसले फोहोरको व्यवस्थापनका साथै मलको आपूर्ति पनि हँुदै आएको थियो । यो विधि स्वास्थ्यको दृष्टिकोणबाट उचित थिएन न त व्यावहारिक नै, त्यसैले आजकल प्रचलनमा छैन । पछिल्ला दिनहरूमा सहरमा ढल निकास भएपछि शौचालयको फोहोर अन्य फोहोर सबै मिसिएर जाने भएका कारण परम्परागत विधि थप अव्यावहारिक बन्यो । त्यसलाई औद्योगिक मललेप्रतिस्थापन ग¥यो ।
विश्वव्यापी रूपमा खाद्यान्नमा प्रयोग हुने अत्यधिक रासायनिक मल वा विषादीका कारण मानव स्वास्थ्यदेखि पर्यावरणमा परेको क्षतिको विषयमा सर्वत्र चिन्ता व्यक्त गरिन्छ । यस्तो मलको अत्यधिक प्रयोगका कारण कृषियोग्य जमिनमा नाइट्रोजन र फस्फोरसको प्राकृतिक सन्तुलन खल्बलिएको छ । धेरै उत्पादन लिन बढी रासायनिक मल प्रयोग गर्ने परिपाटीका कारण खाद्यान्नको प्राकृतिक पोषक तŒवमा कमी आएको छ । कतिपय रैथाने बीउविजन नासिँदै गएका छन् भने अन्य कैयौँको उत्पादकत्व नष्ट हुँदै गएको छ । यसको उच्च निर्भरताका कारण मानव, पशुपक्षी, वनस्पतिदेखि वातावरण पर्ने असरबारेमा विश्व निकै सशङ्कित भएको छ ।
सन् १९४८ मा स्वीस रसायनशास्त्री पौँल हर्मन मुलरले आविष्कार गरेको डीडीटीले खाद्यान्न उत्पादनमा ठूलो फड्को मारेको सन्दर्भमा सन् १९६२ मा प्रकाशित रचेल कार्सनको पुस्तक साइलेन्ट स्प्रिङमा विश्वलाई यसको उच्च निर्भरता घातक हुने सुझाइयो । तर, रासायनिक मलको र विषादीको प्रयोग घट्नु साटो झन्झन् बढ्दै गयो । फलस्वरूप जमिनको उत्पादकत्व घट्नुका साथै प्रकृतिका उपयोगी सूक्ष्मजीवहरू नष्ट हुँदै गए । हिजोआज ग्लाइफोसेट विषादीको प्रयोग पनि उच्च छ, जसकारण क्यान्सर र दीर्घरोग हुने अध्ययनले देखाएका छन् । यस अवस्थामा स्वाभाविक रूपमा उठ्ने प्रश्न भनेको, यो हानिकारक हो भन्ने जान्दाजान्दै पनि हामी किन त्यसैको पछि लागेका छौँ ।
प्रकृतिमाथिको दोहन
खाद्यान्नको बढ्दो मागको पूर्तिका लागि मानिसले जस्तोसुकै जोखिम उठाउन पनि तयार रहेको पाइन्छ । यसक्रममा मानिसले जमिनको अत्यधिक दोहन गर्न पनि पछि पर्दैन । त्यसैले नाइट्रोजन र फस्फोरसमा अत्यधिक निर्भरता छ । बढी उत्पादनको लोभमा यिनै दुई रासायनिक तŒवलाई कृषिमलका रूपमा अत्यधिक प्रयोग गरिएको छ । फलतः पर्यावरणमा नकारात्मक असर परिरहेको छ । यसलाई उल्टाउने एक विकल्प हामीसँग छ तर त्यसप्रति व्यक्ति वा राज्यको तर्फबाट प्रयास हुनु जरुरी छ ।
दोस्रो विश्वयुद्धभन्दा पहिलेको खेतिपाती र रहन–सहनमा जमिन, पानी र वातावरणको उचित सम्मान गरिन्थ्यो । नेपालकै सन्दर्भमा भन्ने हो भने पनि जल–जमिन–मौसमको अनुकूलता हेरी रैथाने खेती हुन्थ्यो । घरमा उत्पादन हुने अधिकांश फोहोरलाई ९दिसापिसाब० मलका रूपमा प्रयोग हुन्थ्यो । त्यसपछिको समयमा कृषिमा व्यावसायिकताको नाममा ९बढी उत्पादन लिने होडमा० रासायनिक मल, विषादी र अप्राकृतिक बीउविजनको अत्यधिक प्रयोग हुन थालेको पाइन्छ । यो अवस्थालाई सुधार गर्न सकेनौँ भने मानव जातिले निकै ठूलो क्षति बेहोर्नुपर्ने हुन सक्छ । तसर्थ, जमिनको उर्वरा शक्ति फर्काउन र दिगो बाली विकासका लागि प्रभावकारी विधि ९परम्परागत विधिमा परिमार्जनसहित० अनुशरण गर्न लाग्नुपर्ने भएको छ ।
मल हो पिसाब
हामीले काठमाडौँबाट बाहिरिँदा बाटामा आकर्षक विज्ञापनसहित सार्वजनिक शौचालय ९निःशुल्क० प्रयोग गर्न प्रेरित गरेको देखेकै हौँला । त्यस्ता शौचालयमा पिसाब र दिसा गर्ने स्थान अलग–अलग बनाइएका पनि हुन्छन् । त्यस्तो पिसाबलाई सङ्कलन गरी कृषिमलका रूपमा प्रयोग हुन्छ । मानिसले खाएको खानाको अधिकांश पोषक पदार्थ शरीरका लागि आवश्यक हुँदैन वा शरीरले लिन सक्दैन । त्यस अवस्थामा उक्त सूक्ष्म पोषण पदार्थ पिसाबका रूपमा फालिन्छ । पिसाबमा करिब ८० प्रतिशत नाइट्रोजन र ५० प्रतिशत फस्फोरस हुन्छ ।
यस्ता पोषणलाई पुनः प्रयोग गरी कृषि मलका रूपमा प्रयोग गर्न सकिन्छ । पिसाबलाई कुनै प्रशोधन विनाकृषिमलका रूपमा प्रयोग गर्न सकिन्छ तर त्यो विधिलाई ठूलो मात्रामा प्रयोग गर्न त्यति व्यावहारिक हँुदैन । एक रोपनी खेतलाई पुग्दो मलका लागि करिब सात सय लिटर पिसाब आवश्यक पर्छ । जब कि उक्त पिसाबमा पाइने पोषक तत्व नष्ट नहुनेगरी सुख्खा बनाउन सक्दा जम्मा २० केजी मलले एक रोपनी जमिनलाई उर्वरा बनाउन पर्याप्त हुन सक्छ ।
पिसाबलाई कृषि मलमा परिणत गर्ने कुरा त्यति सजिलो भने पक्कै छैन । पहिलो समस्या त शौचालयबाट पिसाबलाई छुट्ट्याउनु हो । यसका लागि दिसा वा अन्य पानीबाट पिसाबलाई अलग गरेपछि त्यसको प्रशोधनको अर्को प्रक्रिया सुरु हुन्छ । पिसाबमा रहेको विशेषप्रकारको प्रोटिनका कारण यो हावाको सम्पर्कमा आएपछि नाइट्रोजन एमोनियाका रूपमा वाष्पीकरण भई हावामा मिसिन्छ । त्यसैले पिसाब गरेको खुलास्थान वा सफा नगरेका शौचालयबाट कडा दुर्गन्ध आउँछ । सुख्खा मौसममा काठमाडौँका नदी तथा खोला गन्हाउने कारण पनि यही हो । यसको सोझो अर्थ हो, त्यहाँ प्राकृति मल खेर गइरहेको छ ।
हावाको सम्पर्कमा आउँदा पनि नाइट्रोजनलाई टुक्रिन नदिने प्रविधिको प्रयोग गरी पिसाबको पानी सुकाएर सुख्खा कृषि मल विकास गर्न सकिन्छ । यस विधिलाई अल्कालाइन युरिन डिहाइड्रेसन भनिन्छ । यो प्रविधिमा सङ्कलित पिसाबमा रहेको पानी वाष्पीकरणको माध्यमबाट हटाउनेक्रममा नाइट्रोजनलाई टुक्रिनबाट रोक्ने रसायन वा प्रविधिको माध्यमबाट पिसाबमा पाइने लाभदायक पोषक तŒवसहितको नाइट्रोजनलाई सुख्खा रूपमा प्राप्त गर्न सकिन्छ । यो प्रविधिबाट घरैमा युरिया मल तयार गर्दा वाष्पीकरणबाट प्राप्त हुने पानीको ठूलो मात्रालाई पुनः प्रयोग गर्न सकिन्छ । यो प्रविधि त्यति महँगो पनि छैन । करिब एक हजार रुपियाँभन्दा कम लगानीमा चारजनाको परिवारको पिसाबलाई एक वर्षसम्म युरियामा परिणत गर्ने अल्कालाइन तŒव थप्ने प्रविधि जडान गर्न सकिन्छ । यसरी प्राप्त हुने सुख्खा कृषि मलमा औद्योगिक मलजस्तै १० प्रतिशत नाइट्रोजन, एक प्रतिशत फस्फोरस र चार प्रतिशत पोटासियम पाइन्छ ।
अलेक्जेन्डर कुमिङले सन् १७७५ मा फ्लस ट्वाइलेटको निर्माण गरेपछि सरसफाइमा विश्वभरि नयाँ युगको थालनी भएको मानिन्छ । पिसाबलाई सुख्खा मलमा परिणत गर्ने सरल प्रविधिलाई सर्वत्र प्रयोगमा ल्याउन सकेमा त्यसले कृषि उत्पादन बढाउन र पर्यावरणीय सफाइमा अर्को नयाँ युगको थालनी गर्ने थियो । यसले करिब एक चौथाइ औद्योगिक मलको मागलाई कम गर्न सकिनु साथै प्रशोधित पानीको पुनः प्रयोग गर्न र दिसालाई प्रशोधन गरी जैविक ऊर्जा साथै कम्पोस्ट मलमा परिणत गर्नेतर्फ पनि सहज बन्ने थियो ।
विश्वमा प्लास्टिक, धातु, कागज, सिसा आदि फोहोरजन्य पदार्थको सङ्कलन, प्रशोधन र पुनः प्रयोग गर्ने कार्यलाई उच्च महŒवसाथ अघि बढाउँदै गर्दा त्यस सँगसँगै पिसाबको सङ्कलन, प्रशोधन र पुनः प्रयोग गर्ने कार्यलाई उच्च महŒवसाथ अघि बढाउनुपर्ने आवश्यकता खड्किएको छ । पिसाबलाई कृषिमलमा परिणत गर्न अत्यावश्यक पर्ने अल्कालाइन एजेन्टको आपूर्ति घरपरिवारमा पु¥याउने, पिसाबको सङ्कलन र सुख्खा गर्ने विधिबारेमा हरेक व्यक्तिलाई जानकार बनाउनु आवश्यक हुन्छ । यो प्रविधिको थालनी गर्दा केही झन्झटिलो र महँगो महसुस भए पनि यसले कृषि उत्पादन बढाउन र पर्यावरणको संरक्षण हुन गई दीर्घकालीन फाइदा पुग्ने देखिन्छ ।
पछिल्लो समयमा व्यावसायिक कृषि उत्पादनका अलावा कौसी तरकारी वा अन्य साना उत्पादक पनि कृषिमलका उपभोक्ता हुने गरेकोमा यो प्रविधिको विकास र विस्तारले साना उपभोक्ता निकै लाभान्वित हुनेछन् । अतः यस्तो प्रविधिको विकास र विस्तार गर्न कृषि क्षेत्रका विकास साझेदार सङ्घ संस्था, विभिन्न तहका सरकारले कृषि सहकारी संस्था वा अन्य माध्यमबाट साना कृषकसम्म यो प्रविधि पु¥याउन मद्दत मिल्नेछ ।
(लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य सङ्कायमा प्राध्यापन गर्नुहुन्छ ।) गोरखापत्र अनलाइनबाट