राजनीति

      Showing १-१० of १,१५२ items.
    • ईंटा व्यवसायीको समस्याप्रति म गम्भिर छु : एमाले संसदीय दलका नेता यादवल

      बर्दिवास, ५ बैशाख। नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवले नाला, पाटी, पौवासहितका निर्माण कार्यमा अनिवार्य ईंटाको प्रयोग गर्ने व्यवस्था नीती तथा कार्यक्रममा समावेश गराउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताएको छ। नेपाल ईंटा उद्योग व्यवसायी महासंघ मधेश प्रदेशले महोत्तरीको बर्दिवासमा आयोजना गरेको विशेष भेलालाई सम्वोधन गर्दै निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका यादवले यस पटकको नीति तथा कार्यक्रममा पूर्वाधार विकासको काममा अधिकतम ईंटाको प्रयोगलाई प्राथमिकता दिन हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने प्रतिबछा जनाएका हुन्। ईंटा व्यवसायीको समस्याप्रति आफू गम्भिर रहेको

      • प्रकाशित मितिः जेठ ५, २०८१
      • १४३ पटक पढिएको
      • गमक पाेस्ट
    • सहकारीको अवचलन छानविनगर्न संसदीय समिति बनाउन राजनीतिक दलहरूबीच सहमति

      काठमाडौं, ५ जेठ। सहकारीको अवचलन छानविनकोलागि सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलबीच उक्त सहमति भएको हो। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारीको अवचलन छानबिन समिति बनाउने सहमति भएको जानकारी दिए। समितिलाई कुन मोडालिटीमा अगाडि लैजाने भन्ने विषयमा भने छलफल हुन बाँकी रहेको उनको भनाइ छ।

      • प्रकाशित मितिः जेठ ५, २०८१
      • ६९ पटक पढिएको
      • गमक पाेस्ट
    • कम्युनिस्ट गठबन्धनको आचरणले लोकतन्त्र खतरामा छ : नेता विष्ट

      काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा बढेको औंल्याएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विष्टले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारी र ठगहरूलाई उन्मुक्ति दिन संसद नै कब्जा गर्न खोज्नुले वर्तमान सरकारबाट लोकतन्त्र खतरामा रहेको प्रस्ट भएको बताए। सहकारी ठग मन्त्रीलाई जोगाउन कांग्रेसमाथि सदनमै आक्रमण गर्न खोज्नु आपत्ति जनक रहेको उनको भनाइ छ। 'ससदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो भन्ने वामपन्थी धारणा यतिबेला छरपस्ट भएको छ। आफू प्रधानमन्त्री हुँदा सदन विघटनको कुचेस्टा गरेका ए

      • प्रकाशित मितिः जेठ ५, २०८१
      • १०६ पटक पढिएको
      • गमक पाेस्ट
    • कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

        विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । नव नियुक्त मन्त्रीहरुलाई प्रदेशप्रमुख परशुराम खापुङले शपथ गराएका हुन्।    मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद्को विस्तार गरेका हुन्। मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री कार्कीले एमालेका राम रानालाई अर्थ, पञ्चकर्ण राईलाई सामाजिक विकास, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला र एकराज कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तथा सिर्जन

      • प्रकाशित मितिः जेठ ४, २०८१
      • ८१ पटक पढिएको
      • गमक पाेस्ट
    • बाटोविराएका कार्यकर्तालाई मूलधारमा फर्कन उपन्द्र यादवको आह्वान

      काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी छाडेर गएकाहरूलाई फर्कन आग्रह गरेका छन्। अध्यक्ष यादवले शुक्रबार एक आह्वानपत्र जारी गर्दै बाटो विराएका सबै नेता कार्यकर्ताहरुलाई पार्टीको मूलधारमा आउन एकताबद्ध भएर पार्टीलाई अघि बढाउन आग्रह गरेका हुन्। ‘‘जसपा नेपालबाट अलग भएर जानु भएका विभिन्न तह तप्काका साथीहरूलाई मूलधारमा फर्कन आह्वान गर्दछौं,’ उनले ‘जसपा नेपाल विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी भएको भन्दै समाजवादी आन्दोलन, पहिचान, संघीयता र गणतन्त्रका सवालमा उत्तिकै प्रतिवद्ध भएर पनि भ्रमवस फरक पार्टीमा जानुभएका साथीहरुलाई मूलधा

      • प्रकाशित मितिः जेठ ४, २०८१
      • १५३ पटक पढिएको
      • गमक पाेस्ट
    • दुवै सदनमा टेबुल हुन पाएन नीति तथा कार्यक्रम

      काठमाडौ, १ जेठ। सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडी बढ्न सकेन। राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको नेपाली कांग्रेसले त्यसपछिका संसद् बैठक अवरुद्ध गरेपछि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडी बढ्न नसकेको हो। नीति तथा कार्यक्रम प्रस्तुतपछिको राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको कांग्रेसले प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो। त्यस्तै प्रत

      • प्रकाशित मितिः जेठ १, २०८१
      • १०९ पटक पढिएको
      • गमक पाेस्ट
    • आफ्नो आवज सरकारसम्म पुर्याउन किसान सडकमै उत्रिनु पर्छ : माओवादी नेता यादव

      सिरहा, १ जेठ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मातृका प्रसाद यादवले सिधै किसान लाभान्वित हुनेगरी कार्यक्रम ल्याउन सरकारमाँग गरेको बताएका छन्। अखिल नेपाल किसान महासंघ (कान्तिकारी केन्द्र) मधेश प्रदेशको मिर्चैयामा सम्पन्न प्रथम भेलालाई सम्वोधन गर्दै पूर्व मन्त्री समेत रहेका यादवले प्रधानमन्त्री समक्ष आफूले किसानको हमका नीति तथा कार्यक्र ल्याउन माँग राखेको बताएको हो। उनले यस विषयमा प्रधानमन्त्री सकारात्मक भएपनि किसानहरुले आफ्नो आवज सरकार समक्ष पुर्याउन संगठित रुपले सडकबाटै आवाज बुलन्द बनाउनु पर्ने बताए। उनले भने, ‘सरकारको विरोध गर्न होइन, आफ्नो कुरा सुनाउन र माँग सम्वोधन गराउन सडकमा

      • प्रकाशित मितिः जेठ १, २०८१
      • २८० पटक पढिएको
      • गमक पाेस्ट
    • माधव नेपाल भन्छन्बछन्, गठबन्धन बदलिन सक्छ

      काठमाडौं, ३१ बैशाख। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान गठबन्धन बदलिन सक्ने बताएको छ। पार्टीको पोलिटव्यूरो बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरेका हुन्। उनले वर्तमान संसदको संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको गठबन्धन बनाइएको र यो दीर्घकालीन नभएको उल्लेख गरेका छन्। प्रतिवेदनमा उनले भनेका छन्( ुयो समीकरण वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो। यो दीर्घकालीन होइन तात्कालिक राजनीतिक सहकार्य मात्र हो। त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्का

      • प्रकाशित मितिः बैशाख ३१, २०८१
      • २८४ पटक पढिएको
      • गमक पाेस्ट
    • स्वास्थ्यमन्त्रीमा नियुक्त जसपा नेता प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ

      काठमाडौं, ३१ बैशाख। स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका थिए। जसपा नेपालबाट विभाजन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट यादव मन्त्री नियुक्त भएका हुन्। जसपाबाट वनमन्त्रीमा नवल किशोर साह सुडी रहेका छन्। यसअघि जनता समाजवादी पार्टी नेपालबाट उपप्रधानसहित स्वास्थ्य तथा जनस

      • प्रकाशित मितिः बैशाख ३१, २०८१
      • १४२ पटक पढिएको
      • गमक पाेस्ट
    • एमाले नेतृत्वमा मधेश प्रदेश सरकार बनाउन छलफल शुरु

      सिरहा, ३० बैशाख। मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने छलफल शुरु भएको छ। मधेश सरकारबाट आइतबार नेकपा एमाले र नकपा माओवादी केन्द्र बाहिरिएसँग सवैभन्दा ठूलो दल एमाले नेतृत्वमा सरकार गठनको लागि छलफल सुरुभएको हो। सरकारबाट दुईवटा दल बाहिरिएपछि जसपा नेपालको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ। सरकारबाट बाहिरिएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरि छलफल शुरु भएको छ। एमाले मधेशमा २५ सांसदसहित सबैभन्दा ठुलो दल हो। नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीच छलफल शुरु भएको छ। १०७ सदस्यीय मधेश प्रदेशमा एमालेको २५, जनमतको १३, माओवादी केन्द्र र लोसपाको ९–९ सिट रहेको छ।

      • प्रकाशित मितिः बैशाख ३०, २०८१
      • १६३ पटक पढिएको
      • गमक पाेस्ट

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल