काठमाडौं, १६ जेठ। सरकारले कर्मचारीको तलबमा २१ प्रतिशतले बढेको घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गर्दै शुरू तलब स्केलमा १० प्रतिशत, प्रोत्साहन भत्ता १० प्रतिशत र महँगी भत्तालाई निरन्तरता दिने घोषणा गरेको हो।
अर्थमन्त्री वाग्लेका अनुसार बजेट भाषणमार्फत न्यूनतम तलब ४० हजारदेखि अधिकतम तलब १ लाख रुपैयाँभन्दा धेरै कायम भएको छ। नयाँ तलब स्केल आउँदो साउन १ गतेदेखि लागू हुनेछ।
विगत चार वर्षदेखि कर्मचारीको तलब बढ्न नसकेको र यसबीचमा महँगी १७.३ प्रतिशतले बढेको उनले बताए।























