न्यूजिल्याण्ड उडाउने भन्दै भारतको दिल्लि अन्तराष्ट्रिय विमानस्थलमा दिलिप यादवले पुर्याका युवाहरु ।

फोटो सौज्यन्य ः ब्रम्हदेव यादव

  • आशिष विश्वकर्मा

सिरहा, १० माघ । बैदेशिक रोजगारीमा पठाईदिने भन्दै मोटो रकम ठगि गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । महोत्तरीको एकडाका गाउँपालिका ३ भटुलियाका २९ वर्षिय दिलिप यादवलाई इलाका प्रहरी कार्यालयले कर्जन्हा नपा २ बन्दिपुरबाट पक्राउ गरेको हो ।laxmi-lugadhune-sabun 3
उजुरीको आधारमा उनलाई खोजतलास गरिरहेको भएपनि उनी अर्कै जिल्लाका भएकाले फेला पार्न नसकिरहेको अवस्थामा बन्दिपुरमा विवाद भएको भन्ने सूचनाका आधारमा पुगेका प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिवहादुर ओलीले जानकारी दिए । प्रहरीले उनलाई ठगी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जनाएको छ ।
पक्राउ परेलगत्तै उनीविरुद्ध दर्जनभन्दा बढी उजुरी परेको प्रहरीको भनाई छ । कल्याणपुर नपा १० खरुकियाहीका विष्णुदेव मण्डल, सिरहा नपा १४ खिरौनाका सुमेश कुमार मण्डल लगाएतले उनीविरुद्ध ठगि मुद्दा दर्ता गराएका छन् ।
पक्राउ परेको खवर पाएसँगै कर्जन्हा नपा २ बन्दिपुरका ७ जना युवाहरु जाहेरी दिन इलाका प्रहरी कार्यालय मिर्चैया आएका छन् । उनीहरुले आफूहरुसँग न्यूजिल्याण्ड पठाईदिने भन्दै जनहि १४ लाख लिएको बताए ।
जाहेरीदिन प्रहरीकोमा आएका कर्जन्हा नपा २ बन्दिपुरका ४२ वर्षिय अरुण कुमार मिश्र, ३८ वर्षिय सत्रुधन महतो, ४३ वर्षिय ब्रम्हदेव महतो, अजय मिश्र, जितेन्द्र साह सुडि, सुरेन्द्र महतोले आफूहरुसँग न्यूजिल्याण्ड पठाईदिने भन्दै जनही १४ लाखका दरले दिएको सुनाए । उनीहरुले धेरै रकम चेक र केही रकम नगद दिएको सुनाए ।
नेपालबाट उड्दा २५ लाख भन्दा बढी रकम पर्ने भन्दै दिलिप यादवले २ महिना दिल्लि पुर्याएर राखेको अरुण कुमार मिश्रले बताए । उनलेभने, ‘नेपालबाट महगो पर्छ, भारतबाट छिटो र सजिलो पनि हुन्छ, भन्दैै १ भदौ २०७७ मा दिल्लि पुर्याएर दुईमहिना राखे, त्यस अवधिमा दुई पटक एयरपोर्ट पुर्यापनि उडाउन सकेन ।’
यादवले हामीलाई नक्कली भिसा समेत दिएर रकम असुल गरेको जनाए । उनीहरले यादव एक्कासी हराएपछिमात्र नक्कली भिसा भएको थाहा पाको सुनाए ।
भारतबाट सम्भव नभएपछि पुनः नेपाल ल्याएर एक महिना काठमाडौंमा राखेर १०–१५ दिनमा उठाउँछु भन्दा भन्दै दिलिप २०७८ असार १० बाट सम्पर्क विहिन भएको पीडित बम्हदेव महतोले सुनाए । उनलेभने, ‘कामठाडौं ल्याएर पनि हामीलाई १०–१५ दिनमा उडाउँछु भन्दै अलमल्याए । तर, उनले उठाउन सकेन र गएको असार १० बाट मोवाईल, फेसबुक, भाईवर सवैथोक बन्द गरेर सम्पर्क विहिन भए, यहाँ पकडाउ परेको सुनेपछि हामी उजुरी दिन आएका हौं ।’
यादवले कर्जन्हा नपा १० प्रयागपुरका ३० वर्षिय रुपेश साह र उनकै ठूलो बुबाको छोरा ३४ वर्षिय जगदिश साहसँग पनि १४ लाखका दरले न्यूजिल्याड पठाईदिनेभन्दै रकम लिएको जनाए ।
यता सिरहा प्रहरले पनि दुई जनाको मुद्दा दर्ता भएको र दर्जनबढीको उजुरी परिसकेको र अझै उजुरी आउने क्रम जारी रहेको सुनाए ।
ठगीएका भध्ये कर्जन्हा घरभएका युवाहरुलाई स्थानिय रामबहादुर महतोले प्रमोद यादव सम्म पुर्याएको बताइएको छ । उनी पनि अहिले सम्पर्क विहिन रहेको छ ।

pk-farnichar