विशेष

      Showing १-१० of ४,८०० items.
    • उच्च शिक्षा सुधारको बाधक लम्पट नीति

      कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस।   प्रा. चैतन्य मिश्र सम्बन्धनको भारले उठ्नै नसक्ने गरी थिचिएको त्रिविका क्याम्पसहरू गाभेर छुट्टाछुट्टै विश्वविद्यालयका रूपमा स्वायत्तता दिइनु उच्च शिक्षा सुधारमा महत्त्वपूर्ण कदम हुन सक्छ। चैतन्य मिश्रभारत र अन्य केही देशहरूको सिको गर्दै नेपालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो। यो सिकाइमा पछि केही परिवर्तन भए। खासगरी अमेरिकी विश्वविद्यालयका केही तत्व पनि समावेश गरिए (लोकरञ्जन पराजुली, पावरप्लेः एन इन्ट्रिकेट स्टोरी अफ द फाउन्डिङ अफ नेपाल्स फर्स्ट युनिभर्सिटी, काठमाडौंः एनुअल काठमान्डू कन्फेरेन्स अन नेपाल एन्ड द हि

      • प्रकाशित मितिः जेठ ६, २०८१
      • २६ पटक पढिएको
      • गमक पाेस्ट
    • ईंटा व्यवसायीको समस्याप्रति म गम्भिर छु : एमाले संसदीय दलका नेता यादवल

      बर्दिवास, ५ बैशाख। नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवले नाला, पाटी, पौवासहितका निर्माण कार्यमा अनिवार्य ईंटाको प्रयोग गर्ने व्यवस्था नीती तथा कार्यक्रममा समावेश गराउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताएको छ। नेपाल ईंटा उद्योग व्यवसायी महासंघ मधेश प्रदेशले महोत्तरीको बर्दिवासमा आयोजना गरेको विशेष भेलालाई सम्वोधन गर्दै निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका यादवले यस पटकको नीति तथा कार्यक्रममा पूर्वाधार विकासको काममा अधिकतम ईंटाको प्रयोगलाई प्राथमिकता दिन हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने प्रतिबछा जनाएका हुन्। ईंटा व्यवसायीको समस्याप्रति आफू गम्भिर रहेको

      • प्रकाशित मितिः जेठ ५, २०८१
      • १४७ पटक पढिएको
      • गमक पाेस्ट
    • सहकारीको अवचलन छानविनगर्न संसदीय समिति बनाउन राजनीतिक दलहरूबीच सहमति

      काठमाडौं, ५ जेठ। सहकारीको अवचलन छानविनकोलागि सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलबीच उक्त सहमति भएको हो। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारीको अवचलन छानबिन समिति बनाउने सहमति भएको जानकारी दिए। समितिलाई कुन मोडालिटीमा अगाडि लैजाने भन्ने विषयमा भने छलफल हुन बाँकी रहेको उनको भनाइ छ।

      • प्रकाशित मितिः जेठ ५, २०८१
      • ७० पटक पढिएको
      • गमक पाेस्ट
    • जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

      खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ। औषधि अभाव हुँदा सरोकारवाला नियकालयले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो दिएका छैनन्स। औषधि अभावले बिरामीको उपचार गर्न खोलिएको अस्पताल आफैँ बिरामी सैय्यामा परे जस्तै छ। सरकारले ९८ प्रकारका नि:शुल्क औषधि वितरण गर्ने भनिए पनि दुर्गम हिमाली जिल्ला मुगुमा सामान्य सिटामोलसमेत पाउन गाह्रो हुँदै आएको छ। सदरमुकाम गमगढी बजारबाट बाहिर हेर्दा चिटिक्क देखिने जिल्ला अस्पताल मुगु, सेवा सुविधाको नजरबाट हेर्दा आफैँ थला परेको छ। बिरामी परेर उपचार खोज्दै आएका मुगालीहरूले गतिल्लो उपच

      • प्रकाशित मितिः जेठ ५, २०८१
      • २९ पटक पढिएको
      • गमक पाेस्ट
    • कम्युनिस्ट गठबन्धनको आचरणले लोकतन्त्र खतरामा छ : नेता विष्ट

      काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा बढेको औंल्याएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विष्टले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारी र ठगहरूलाई उन्मुक्ति दिन संसद नै कब्जा गर्न खोज्नुले वर्तमान सरकारबाट लोकतन्त्र खतरामा रहेको प्रस्ट भएको बताए। सहकारी ठग मन्त्रीलाई जोगाउन कांग्रेसमाथि सदनमै आक्रमण गर्न खोज्नु आपत्ति जनक रहेको उनको भनाइ छ। 'ससदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो भन्ने वामपन्थी धारणा यतिबेला छरपस्ट भएको छ। आफू प्रधानमन्त्री हुँदा सदन विघटनको कुचेस्टा गरेका ए

      • प्रकाशित मितिः जेठ ५, २०८१
      • १०७ पटक पढिएको
      • गमक पाेस्ट
    • भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका तीनदिन बन्द रहने

      सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन्। भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि सिरहा, धनुषा, सप्तरी र महोत्तरीका सीमानाका बन्द हुने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। आगामी सोमबार विहार मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले आज जेठ ४ गते शुक्रबार राति १२ बजेदेखि ७ गते राति १२ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहने जनाइएको छ। विहारको मधुवनी जिल्ला प्रशासनले नेपालको चार जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी सोमबार हुने निर्वाचनका लागि ७२ घण्

      • प्रकाशित मितिः जेठ ४, २०८१
      • १०८ पटक पढिएको
      • गमक पाेस्ट
    • कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

        विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । नव नियुक्त मन्त्रीहरुलाई प्रदेशप्रमुख परशुराम खापुङले शपथ गराएका हुन्।    मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद्को विस्तार गरेका हुन्। मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री कार्कीले एमालेका राम रानालाई अर्थ, पञ्चकर्ण राईलाई सामाजिक विकास, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला र एकराज कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तथा सिर्जन

      • प्रकाशित मितिः जेठ ४, २०८१
      • ८१ पटक पढिएको
      • गमक पाेस्ट
    • बाटोविराएका कार्यकर्तालाई मूलधारमा फर्कन उपन्द्र यादवको आह्वान

      काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी छाडेर गएकाहरूलाई फर्कन आग्रह गरेका छन्। अध्यक्ष यादवले शुक्रबार एक आह्वानपत्र जारी गर्दै बाटो विराएका सबै नेता कार्यकर्ताहरुलाई पार्टीको मूलधारमा आउन एकताबद्ध भएर पार्टीलाई अघि बढाउन आग्रह गरेका हुन्। ‘‘जसपा नेपालबाट अलग भएर जानु भएका विभिन्न तह तप्काका साथीहरूलाई मूलधारमा फर्कन आह्वान गर्दछौं,’ उनले ‘जसपा नेपाल विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी भएको भन्दै समाजवादी आन्दोलन, पहिचान, संघीयता र गणतन्त्रका सवालमा उत्तिकै प्रतिवद्ध भएर पनि भ्रमवस फरक पार्टीमा जानुभएका साथीहरुलाई मूलधा

      • प्रकाशित मितिः जेठ ४, २०८१
      • १५३ पटक पढिएको
      • गमक पाेस्ट
    • आरक्षणको संघर्ष र षड्यन्त्र

        जेबी विश्वकर्मा   नेपालमा आरक्षणको विषयलाई लिएर निरन्तर बहस हुँदै आएका छन् । प्रभुत्वशाली वर्ग र समुदायको एउटा हिस्सा आरक्षणको विरोधमा छ भने उत्पीडित समुदाय आरक्षण अधिकार भएका कारण प्रभावकारी कार्यान्वयनको माग गर्दै सदैव संघर्षमा छ । यसैको प्रतिबिम्ब दुवै समूहमा आरक्षणलाई हेर्ने दृष्टिकोणमा पनि विविधता पाइन्छ । खसआर्य समुदायका मूलतः पुरुष, जो लामो समयदेखि राज्यका सबै संरचनामा हालीमुहाली गर्दै आइरहेका छन्, उनीहरू आरक्षणलाई आफ्नो अवसरको कटौती गरेर उत्पीडित समुदायलाई दिइएको बुझ्छन् । तर, राज्यसत्ताबाट ऐतिहासिक रूपमा विभेद र बहिष्करणमा पारिएका आदिवासी जनजाति, दलित, मध

      • प्रकाशित मितिः जेठ ४, २०८१
      • ८९ पटक पढिएको
      • गमक पाेस्ट
    • सिरहामा छिमेकीको कोदालो प्रहारबाट एक जनाको मृत्यु

      सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ। खेतको सीमाना विवादका क्रममा अर्नमा २ ब्रहमपुरिका करिव ५५ वर्षिय बाचाई महतोको कोदालो प्रहारबाट उही उमेरका बुधराम महतोको घटनास्थलमै मृत्यु भएको हो। लामो समयदेखि जमिन विवाद रहेका उनीहरु आज विहान खेतमै भेटभएको बेला विवादचर्किएर कोदालो प्रहार गर्दा बुधरामको मृत्यु भएको वडा अध्यक्ष दिपेन्द्र महतोले जानकारी दिए। वडा अध्यक्ष यादवले उनीहरुविच लामो समयदेखि जमिनको विषयमा मुद्दा–मकदमा चलिरहेको बताए। जमिनकै विवादका कारण आज यस्तो घटना भएको हुनसक्ने अध्यक्ष यादवको बताई रहेको छ। हत्या घटना लगतै बचाई फरा

      • प्रकाशित मितिः जेठ ३, २०८१
      • ३५३ पटक पढिएको
      • गमक पाेस्ट

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल