युक्रेन संकटः रुसलाई धक्का, मारिए एकपछि अर्का जनरल 

    • फाल्गुन ३०, २०७८
    • ५५६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एजेन्सी

    मस्को, ३० फागुन / युक्रेनमा जारी युद्धमा तेस्रा जनरल पनि मारिएका छन् । आठ दिनभित्र तेस्रा जनरलको मृत्युले युक्रेनमाथि हमला गरिरहेको रुसलाई अर्को झट्का लागेको छ । २९औं संयुक्त हतियार सेनाका मेजर जनरल आन्द्रेई कोलेस्निकोभ युक्रेन युद्धमा मारिने तेस्रो हाइ प्रोफाइलका सेना भएको युक्रेनले दाबी गरेको छ ।

    युक्रेन हमलामा २० रुसी सेनापतिहरु सहभागी भएको युक्रेन सरकारको विश्वास छ । रुसले अहिलेसम्म १७३ ट्यांक, १२ विमान, फौज बोक्ने ३४५ क्यारिअर गुमाएको पश्चिमा सञ्चार माध्यमहरुले दाबी गरेका छन् । यसको स्वतन्त्रत पुष्टि हुन बाँकी नै छ ।

    रुसी सेनाले आफै निर्णय गर्न नसकेको वा अगाडि बढ्न डराएकाले र सेनापतिहरु मोर्चा सम्हाल्दा जनरलहरुको हताहत भएको पश्चिमा अधिकारीहरुले टिप्पणी गरेका छन् । रुसको ४१ औं सेनाका प्रथम उपकमाण्डर ४५ वर्षीय मेजर जनरल भिटाली गेरासिमोभको हत्या भएको चार दिनपछि  कोलेस्निकोभको मृत्यु भएको हो ।

    मारिएका जनरल गेरासिमोभ दोस्रो चेचेन युद्ध, सिरियामा रुसको सैन्य कारबाही र युक्रेनको महत्वपूर्ण क्षेत्र क्रिमियालाई बिलय गरानुअघिको सैन्य कारबाहीमा सहभागी थिए । गेरासिमोभ रुसको सशस्त्र फौज चिफ अफ जनरल स्टाफका छोरा हुन । गत साता मेजर जनरल एन्ड्रिइ सुखोभेत्स्काई मारिएका थिए । 

    फिल्म ‘पूजार सार्की’ ...

    काठमाडौं, ८ बैशाख। दिनेश राउतको निर्देशनमा बने ...

    सहर फोरह गरेको भन्दै ...

    काठमाडौ, ७ बैशाख। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्र ...

    धनगढीमाईका निजी स्रो ...

    सिरहा, ७ बैशाख। धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत ...

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल