बर्दिवास, १४ भदौ। सिन्धुली प्रहरीले १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ गरेको छ। कमलामाई नगरपालिका ४ ढुङग्रेवास २ नम्बर गेट नजिक झोलुङ्गे पुलमुनि ग्वाङ खोलामा नुहाइरहेकी १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीय युवकलाई आज अपरान्हपक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर उज्वल कार्कीकाले आइतबार दिउँसो करिब १२ बजेर ४५ मिनेटको समयमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका युवक माथि थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।






















