जनकपुरधाम, १४ भदाै। मुक्त हरवाचरवाको पहिचान, लगत संकलन, प्रमाणीकरण, परिचयपत्र वितरण तथा दिगो पुनर्स्थापनाको माग गर्दै हरवाचरवा संघर्ष समितिको आयोजनामा जनकपुरधाममा जारी अनिश्चितकालीन धर्ना थप सशक्त बनाउने भएकाे छ। 

मधेश प्रदेश सरकारको पुरानो मुख्यमन्त्री कार्यालय अगाडि मिल्स एरियामा भदौ १० गतेदेखि सुरु भएको धर्नाप्रति प्रदेश सरकारले हालसम्म ठोस पहल नगरेको भन्दै संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय  गरेको हो।

मुक्त हरवाचरवा अधिकार मञ्चको अगुवाइमा यसअघि ;fpg @९ गते मधेस प्रदेश सरकारलाई बुझाएकाे  ज्ञापनपत्रमा कुनै सुनुवाइ नभएपछि हरवा चरवाहरु धर्नामा बस्दै आएका छन्। 

निर्धारित समयभित्र माग सम्बोधन नभएपछि भदौ ९ गते मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका हजारौँ मुक्त हरवाचरवाको सहभागितामा जनकपुरधामस्थित रेलवे स्टेशनदेखि मुख्यमन्त्रीको कार्यालयको गेटसम्म विरोध प्रदर्शन गरिएको थियो।

प्रदर्शनपछि मुख्यमन्त्रीको कार्यालयले संघर्ष समितिलाई वार्ताका लागि बोलाए पनि भदौ १० गते प्रदेश सरकार र संघर्ष समितिबीच भएको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलनकारीले अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। संघर्ष समितिका संयोजक श्रीप्रसाद सदाले मुक्त हरवाचरवाको समस्या केवल राहत वा तत्कालीन सहायताको विषय नभई पहिचान, भूमि अधिकार, सम्मानजनक जीवन र दीर्घकालीन पुनस्र्थापनासँग जोडिएको मौलिक अधिकारको विषय भएको बताP। उgले प्रदेश सरकारले तत्काल स्पष्ट कार्ययोजना स्वीकृत गरी लगत संकलन, प्रमाणीकरण, परिचयपत्र वितरण र भूमिहीन हरवाचरवा परिवारको दिगो पुनस्र्थापना सुनिश्चित नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिP।

आन्दोलन परिचालन समितिका सदस्य वालाराम भट्टराईका अनुसार भदौ १४ गते बसेको संघर्ष समितिको बैठकले आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ। उgका अनुसार माग सम्बोधन नभएसम्म धर्ना, र्‍याली, मैनबत्ती जुलुसलगायतका कार्यक्रम सञ्चालन गरिनेछ। साथै आन्दोलनमा ऐक्यबद्धता जनाउन राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, सञ्चारकर्मी, व्यवसायी, बुद्धिजीवी, कानुनविद् तथा सम्पूर्ण सरोकारवालालाई आह्वान गरिनेछ।

संघर्ष समितिले प्रदेश सरकारलाई वार्तामार्फत समस्या समाधान गरी मुक्त हरवाचरवाको सम्मानजनक पुनर्स्थापनाका लागि तत्काल ठोस निर्णय लिन आग्रह गरेको छ।