काठमाडौं,१४ भदौ। रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या ७ सय नाघेको छ। हालसम्म बाढीमा परी बेपत्ताभएका मध्ये ७३४ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजिनक गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो।
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको छ।
अझै दुई हजार ४९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। सम्पर्कविहीनमध्ये जलविद्युत् आयोजनामा कार्यरत, विदेशी पर्यटक र नेपाली नागरिकसमेत रहेका छन्।
प्राधिकरणका अनुसार हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ।






















