वीरगञ्जमा राति १२ बजेसम्म होटल खुलाउने तयारी

    • पुष २५, २०७९
    • २५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २५ पुस। निश्चित सुरक्षा मापदण्ड बनाएर वीरगञ्जका होटल तथा रेस्टुराँ राति १२ बजेसम्म खुलाउने तयारी थालिएको छ। होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जले गरेको मागबमोजिम निश्चित कार्यविधि बनाई केही दिन भित्रै राति १२ बजेसम्म होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालन गर्ने तयारी थालिएको हो।

    जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउँदै सङ्घका पर्सा जिल्ला अध्यक्ष बुद्धिप्रसाद (हरि) पन्त नेतृत्वको टोलीले होटल व्यवसायलाई चलायमान बनाउनका लागि राति १२ बजेसम्म खोल्न पाउने व्यवस्था गर्न माँग गरेको थियो।

    कोरोना माहामारीका कारण प्रभावित भएका होटल व्यवसायलाई गतिशिल बनाउनका लागि देशको राजधानी काठमाडौंसहित अन्य महानगर तथा पर्यटकिय स्थलहरुमा सरकारले २४ सै घण्टा होटल व्यवसाय खोल्न अनुमती दिइसकेको हुँदा वीरगञ्जमा पनि राति १२ बजेसम्म खोल्न माँग गरिएको सङ्घका अध्यक्ष पन्तले बताए।

    नेपाल होटल व्यवसायी महासङ्घका केन्द्रीय सचिवसमेत रहेका पन्तले थपे, ‘यदि होटल तथा रेस्टुराँहरु १२ बजेसम्म खुल्न पाए भने हामीलाई धेरै राहत हुनेछ, त्यसका लागि प्रशासनले केही नियम तथा कार्यविधि बनाएमा हामी पूर्ण रुपमा पालना गर्न तयार छौँ।’

    अर्का वरिष्ठ होटल व्यवसायी क्लार्क रिसोर्टका प्रबन्ध निर्देशक सुनिल खेतानले पनि शान्ती सुरक्षा कायम गराउनका लागि प्रशासनलाई सहयोग गर्न पछि नहट्ने प्रतिक्रिया दिए।

    ज्ञापन पत्र बुझाउन सङ्घका वरिष्ठ उपाध्यक्ष रचेन्द्र थापा, पूजन होटलका सञ्चालक सुरेन्द्र लाल श्रेष्ठ, महासचिव माधब बस्नेत, सचिब सन्दिप बस्नेत, पुष्प श्रेष्ठ, कुबेर कार्कीलगायत ३५ जना होटल व्यवसायीहरु उपस्थित थिए।

    ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले सङ्घको माग जायज भएको बताउँदै सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। ‘सङ्घले उठाएको माग एकदम जायज छ, त्यसको लागि प्रशासनसँगै व्यवसायीहरुबिच छलफल गरेर आवश्यक मापदण्ड बनाउनुपर्छ।’

    सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सनाको संयोजकत्वमा सुरक्षा कार्यविधि बनाउनका लागि मङ्गलबार बैठकसमेत डाकिएको छ। होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय, ससश्त्र प्रहरीलगायतका सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागीतामा भोली बैठक बसी आवश्यक मापदण्ड बनाउने सङ्घ अध्यक्ष पन्तले बताए।

    GBR UBS

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    छुआछुत विरुद्ध गोलबज ...

    सिरहा, १५ चैत। माँ दुर्गा महिला समुह गोलबजार ५ मगर टोलल ...

    चेत्र १५ बाट सातौं ग ...

    सिरहा, १४ चैत। गोलबजार नगरपालिकाको आयोजनामा सातौं गोलबज ...

    कर्जन्हा नगरपालिकाका ...

    सिरहा १४ चैत । सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मे ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल